कास्कीमा चुनावी सुरक्षा प्रबन्ध चुस्त
सारांश
- आगामी निर्वाचनलाई शान्तिपूर्ण बनाउन कास्कीमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
- सुरक्षा योजना अन्तर्गत, सुरक्षा निकाय परिचालन गरिएको छ र मतदान स्थलको वर्गीकरण गरिएको छ।
- नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभाग निर्वाचनको सुरक्षामा खटिएका छन्।
गण्डकी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन कास्कीमा सुरक्षा प्रबन्ध चुस्त पारिएको छ ।
मतदानको दिन नजिकिँदै गर्दा सुरक्षाका दृष्टिबाट कुनै कमी हुन नदिन एकीकृत निर्वाचन सुरक्षा योजना लागू गरिएको छ । निर्वाचन सुरक्षाका लागि चार वटै सुरक्षा निकाय परिचालित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
जिल्ला सुरक्षा समितिले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरी सुरक्षा विश्लेषणसहित आवश्यक रणनीति तयार गरेको छ । “मतदानस्थलको नियमित अनुगमन भइरहेको छ, सुरक्षा विश्लेषणका आधारमा मतदानस्थलको सुरक्षा प्रबन्धलाई चुस्त र प्रभावकारी बनाइएको उनले बताए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको जनशक्ति निर्वाचनको सुरक्षामा खटिएको सहायक प्रजिअ बरालले बताए ।
जिल्लामा रहेका तीनवटा निर्वाचन क्षेत्रमा नेपाली सेनाले तीनवटा सुरक्षा बेस स्थापना गरी सुरक्षा निगरानी बढाएको छ । सशस्त्र प्रहरी बलले पनि सुरक्षा बेस खडा गरी निर्वाचन सुरक्षार्थ परिचालित गरिएको हो । नेपाली सेनाबाट चार सय बढी र सशस्त्र प्रहरी बलबाट करिब पाँच सय जनशक्ति निर्वाचनमा परिचालित गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । पाँच सय बढी नेपाल प्रहरी र दुई हजार ३०३ जना निर्वाचन प्रहरी खटिने सहायक प्रजिअ बरालले बताए ।
जिल्लामा एक महिनाअघि नै निर्वाचन केन्द्रित सुरक्षा योजना तयार गरी कार्यान्वयन गरिएको थियो । निर्वाचन सुरक्षालाई दृष्टिगत गरी सुरक्षा निकायले नियमित गस्ती र सुरक्षा निगरानी बढाइरहेका छन् । पोखरा महानगरपालिकामा नेपाल प्रहरीका चार जना प्रहरी निरीक्षकको कमान्डमा मोबाइल टोली परिचालन गरिएको जनाइएको छ । अन्य चार स्थानीय तहमा एक जना प्रहरी निरीक्षकको कमान्डमा नेपाल प्रहरीको मोबाइल टोली खटाइएको छ ।
एकीकृत निर्वाचन सुरक्षा योजनाबमोजिम नेपाल प्रहरी मतदानस्थलको भित्री घेराको सुरक्षामा खटिने सहायक प्रजिअ बरालले बताए । नेपाली प्रहरीसँगै निर्वाचन प्रहरी पनि पहिलो तहको सुरक्षा घेरामा परिचालित हुने उनको भनाइ छ । दोस्रो तहको सुरक्षा घेरामा सशस्त्र प्रहरी बल र सुरक्षा घेराको बाहिरी तहबाट नेपाली सेनाले सुरक्षा प्रदान गर्ने जनाइएको छ ।
कास्कीका तीनवटा निर्वाचन क्षेत्रबाट ४९ उम्मेदवार चुनावी मैदानमा छन् । कास्की–१ मा १७, २ मा पनि १७ र ३ नं क्षेत्रमा १५ जना उम्मेदवार छन् । १५३ मतदानस्थल रहेको कास्कीमा गण्डकी प्रदेशकै सबैभन्दा बढी तीन लाख आठ हजार ५७२ मतदाता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण