एक्स्ट्रिम एनर्जी ड्रिंकद्वारा साम्बाको उपचारका लागि ५ लाख सहयोग
मङ्गलबार, १२ फागुन २०८२, ११ : १३
सारांश
- एक्स्ट्रिम एनर्जी ड्रिंकले सावित्रा भण्डारीको उपचारका लागि ५ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
- घुँडाको चोटका कारण उपचारको तयारीमा रहेकी भण्डारीलाई सहयोग पुर्याउन यो रकम प्रदान गरिने भएको हो।
- कम्पनीले खेलाडीलाई कठिन समयमा साथ दिनु आफ्नो दायित्व भएको जनाएको छ र उनको स्वास्थ्यलाभको कामना गरेको छ।
काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीको उपचारका लागि एक्स्ट्रिम एनर्जी ड्रिंकले रु ५ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। हाल घुँडाको गम्भीर चोटका कारण उपचारको तयारीमा रहेकी भण्डारीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले कम्पनीले उक्त सहयोग उपलब्ध गराउने निर्णय गरेको जनाएको छ ।
कम्पनीका अनुसार, देशका लागि निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएकी खेलाडीलाई कठिन समयमा साथ दिनु आफ्नो दायित्व भएको उल्लेख गर्दै उपचार तथा पुनः मैदानमा फर्किनका लागि सानो सहयोगस्वरूप यो रकम प्रदान गर्न लागिएको हो ।
एक्स्ट्रिम एनर्जी ड्रिंकले सावित्रा भण्डारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनी छिट्टै पूर्ण रूपमा स्वस्थ भई पुनः नेपालको जर्सी लगाएर मैदानमा फर्किने विश्वास व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण