साम्बाको उपचारमा विदेशबाट एक दिनमै उठ्यो ४१ लाख रुपैयाँ
सारांश
- नेपाली महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारीको उपचारका लागि विदेशबाट ६८ लाखभन्दा बढी सहयोग जुटेको छ।
- उनले सामाजिक सञ्जालमार्फत सहयोगको आह्वान गरेकी थिइन्, जसमा १ हजारभन्दा बढी व्यक्तिले सहयोग गरेका छन्।
- सावित्राले घुँडाको चोटका कारण उपचार गराइरहेकी छिन् र उनले १ लाख ३५ हजार डलर सहयोगको लक्ष्य राखेकी छिन्।
काठमाडौँ । नेपाली महिला राष्ट्रिय टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि एक दिनमै विदेशबाट ४१ लाख रुपैयाँ भन्दा बढी सहयोग जुटेको छ ।
उनले सामाजिक सञ्जालमार्फत सोमबार औपचारिक आह्वान गरेअनुसार विदेशबाट सहयोग गर्न चाहनेहरूका लागि ‘गिभ अ लिटिल’को लिंक सेयर गरेकी थिइन् । उक्त वेबसाइटमार्फत मंगलबार यो समाचार तयार पार्दासम्म ४७ हजार २५३ न्युजिल्याण्ड डलर सहयोग प्राप्त भएको हो । जुन आजको विनिमयदर अनुसार ४१ लाख रुपैयाँ भन्दा बढी हुन्छ । जुन सहयोग १ हजार ११२ जनाले गरेका हुन् ।
उनले उक्त वेबसाइटमार्फत १ लाख ३५ हजार न्युजिल्याण्ड डलर सहयोगको लक्ष्य लिएकी छन् ।
साम्बाको आह्वानपछि नेपालबाट पनि सहयोग संकलन भइरहेको छ । नेपाली कांग्रेसले समेत अखिल नेपाल फुटबल संघ एन्फामार्फत ५ लाख रुपैयाँ सहयोग गरेको छ । यस्तै विभिन्न संघ संगठन र व्यक्तिगत तबरबाट पनि सहयोग आह्वान भइरहेको छ ।
हाल घुँडाको गम्भीर चोटका कारण उनी उपचारको तयारीमा छन् । तर, एन्फाले कुनै सहयोग नगरेको भन्दै उनले सहयोगका लागि सार्वजनिक आह्वान गरेकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण