धादिङ बस दुर्घटना छानबिन कार्यदलको संयोजकमा सहसचिव तिवारी
मङ्गलबार, १२ फागुन २०८२, १२ : ०६
सारांश
- धादिङमा भएको बस दुर्घटनाको छानबिनका लागि सहसचिव ऋषिराम तिवारीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ।
- कार्यदलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक विभाग र गृह मन्त्रालयका प्रतिनिधिहरू सदस्य छन्।
- फागुन ११ गते धादिङको बेनीघाट रोराङमा भएको बस दुर्घटनामा २० जनाको मृत्यु भएको थियो।
काठमाडौँ । धादिङमा भएको बस दुर्घटनाबारे छानबिन गर्ने जिम्मेवारी सहसचिव ऋषिराम तिवारीलाई दिइएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालयका आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख तिवारीलाई कार्यदलको संयोजक तोकेका हुन् ।
गृह मन्त्रालयमा सोमबार बसेको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको थियो । कार्यदलमा नेपाल प्रहरीका एसएसपी, सशस्त्र प्रहरी बलका एसएसपी, सड्क विभागका सिनियर डिभिजनल इन्जिनियर र गृह मन्त्रालयका उप सचिव सदस्य छन् ।
फागुन ११ मा बिहान धादिङको बेनीघाट रोराङ गाउँपालिको चरौदी नजिक ग.२ ख १४२१ नम्बरको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ । पोखराबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण