डीएभी कलेजमा चौथो बीसीए कप अन्तर–कलेज फुटसल प्रतियोगिता सम्पन्न
काठमाडौँ । डीएभी कलेजको आयोजनामा चौथो बीसीए कप पुरुष अन्तर–कलेज फुटसल प्रतियोगिता आइतबार सम्पन्न भएको छ।
दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न कलेजका २८ टोलीले सहभागिता जनाएका थिए। प्रतियोगिता व्हिजी डेभियन्स र कोग्निटो आईटी क्लब को संयोजनमा डीएभी कलेजको सहयोगमा आयोजना गरिएको थियो।
कार्यक्रमको अध्यक्षता डीएभी कलेजका अध्यक्ष अनिल केडियाले गरेका थिए। कार्यक्रममा राष्ट्रिय फुटबल खेलाडी बिकेश कुथु प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथै डीएभी कलेज तथा अन्य संस्थाका प्राध्यापक, शिक्षाविद् अतिथिहरूको उपस्थिति रहेको थियो।
प्रतिस्पर्धात्मक खेलपछि नागार्जुन कलेज अफ आईटी विजेता बनेको छ। विजेता टोलीले नगद रु। १ लाख ५० हजार पुरस्कार प्राप्त गर्यो। पास्कल नेशनल कलेज उपविजेता बन्दै रु। ७५ हजार नगद पुरस्कार प्राप्त गर्न सफल भयो।
व्यक्तिगततर्फ नागार्जुन कलेज अफ आईटीका रिशव श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भए भने श्रेयन श्रेष्ठ सर्वाधिक गोलकर्ता बने। उत्कृष्ट खेलाडीको उपाधि पास्कल नेशनल कलेजका आवास योञ्जनले प्राप्त गरे।
उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि बिकेश कुथु र डीएभी कलेजका अध्यक्ष अनिल केडियाले आईटी विषय अध्ययन गर्ने विद्यार्थीका लागि खेलकुद महत्त्वपूर्ण रहेको बताए।
प्रविधिसँग बढी समय बिताउने विद्यार्थीका लागि शारीरिक गतिविधि आवश्यक रहेको उनीहरूको भनाइ थियो। अध्यक्ष केडियाले प्रविधिमुखी जीवनशैलीका कारण खेलकुदको महत्त्व झन् बढेको उल्लेख गरे।
डीएभी बीएससीरबीसीएका एकेडेमिक हेड शशि भूषण चतुर्वेदीका अनुसार प्रतियोगिताको उद्देश्य विभिन्न बीसीए कलेजबिच मित्रता, सहकार्य र समन्वय अभिवृद्धि गर्नु हो। प्रतियोगिताको समन्वय बीसीए प्रोग्राम हेड सुदीप अधिकारीले गरेका थिए।
प्रतियोगिताका खेल एन्फा रेफ्री उज्ज्वल लिम्बू, यमबहादुर सुनुवार र सुरज भण्डारीले सञ्चालन गरेका थिए।
व्हिजी डेभियन्सका अध्यक्ष महेश्वर सिलवालको नेतृत्वमा आयोजक समितिले शिक्षक, विद्यार्थी र प्रायोजकहरूको सहयोगमा प्रतियोगिता सम्पन्न गरेको जनाएको छ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा–मुग्लिन सडकमा पोल सार्ने काममा किन भइरहेको छ ढिलाइ ?
-
साउदी जाने श्रमिकलाई अब सीप परीक्षण अनिवार्य, थपियो १५ हजार रुपैयाँ आर्थिक भार
-
कानुनी आधारबिना लाखौँ अस्थायी लाइसेन्स छपाइ
-
चितवनबाट अपहरणमा परेका बालकको काठमाडौँमा सकुशल उद्धार
-
सङ्घीय बजेट बेलुन फुलेजस्तो, प्रदेश बजेट चाहिँ कस्तो ?
-
सडक निर्माण भ्रष्टाचार मुद्दामा निर्माण व्यवसायीसहित चार जनाले पाए सफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण