बलात्कारको आरोप खेपिरहेका हाकिमी भन्छन्, ‘अदालतमा सत्यको जित हुनेछ’
काठमाडाैँ। पेरिस सेन्ट जर्मेन (पीएसजी) का प्रभावशाली डिफेन्डर तथा मोरक्कोका कप्तान अचराफ हाकिमीले आफूमाथि लागेको जबरजस्ती करणीको आरोपबारे सफाइ दिन अदालतको सामना गर्ने तयारी गरेका छन्। सन् २०२३ मा पेरिसस्थित आफ्नै घरमा २४ वर्षीया एक महिलालाई बलात्कार गरेको अभियोग लागेका हाकिमीले उक्त आरोपको खण्डन गर्दै आएका छन्।
फ्रान्सको नान्टेरेस्थित सरकारी वकिलको कार्यालयले सन् २०२३ को मार्चदेखि नै यस विषयमा प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो भने अब यो मामला आधिकारिक रूपमा सुनुवाइमा जाने भएको छ। आफूमाथि लागेको आरोपबारे सामाजिक सञ्जाल एक्समा टिप्पणी गर्दै २७ वर्षीय हाकिमीले वर्तमान समयमा बलात्कारको आरोप मात्रै पनि ट्रायलका लागि पर्याप्त हुने गरेको भन्दै असन्तुष्टि पोखेका छन्।
उनले यो प्रक्रिया निर्दोष व्यक्ति र वास्तविक पीडित दुवैका लागि अन्यायपूर्ण रहेको उल्लेख गर्दै अदालतमा हुने सुनुवाइले सार्वजनिक रूपमा सत्य बाहिर ल्याउनेमा आफू ढुक्क रहेको बताएका छन्। हालसम्म अदालतले सुनुवाइको निश्चित मिति तय नगरे पनि हाकिमीले शान्त भएर न्यायको प्रतीक्षा गरिरहेको स्पष्ट पारेका छन्।
मैदानबाहिर कानुनी झमेलामा फसे पनि मैदानभित्र हाकिमीको चर्चा उत्तिकै छ। पेरिसमा आयोजित ’द बेस्ट फिफा फुटबल अवार्ड’ मा उनी उत्कृष्ट ११ (फिफप्रो पुरुष विश्व टोली) मा पर्न सफल भएका छन्।
स्पेनमा जन्मिएर मोरक्कोको प्रतिनिधित्व गर्ने उनले गत सिजन पीएसजीलाई च्याम्पियन्स लिग र लिग वानको उपाधि जिताउन मुख्य भूमिका खेलेका थिए। पीएसजीले बुधबार च्याम्पियन्स लिगको नकआउट प्ले–अफ अन्तर्गत मोनाकोसँग खेल्दैछ, जसका लागि सार्वजनिक गरिएको टोलीमा हाकिमीको नाम समावेश छ।
यस्तै अमेरिका, मेक्सिको र क्यानडामा हुने विश्वकपमा उनले मोरक्कोको कप्तानी सम्हाल्ने तयारी गरिरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
-
पूर्वमन्त्री पौडेललाई पुल्चोक प्रहरीको हिरासतमा राखियो (अपडेट)
-
रोनाल्डोको कीर्तिमानी गोलसँगै पहिलो हाफमा पोर्चुगलको फराकिलो अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण