नौ खेलपछि नै वेस्ट ब्रोमद्वारा एरिक राम्से बर्खास्त
काठमाडाैँ। इङ्ग्लिस च्याम्पियनसिप क्लब वेस्ट ब्रोमबिच एल्बियनले आफ्नो खराब प्रदर्शनलाई रोक्न नसकेपछि मुख्य प्रशिक्षक एरिक राम्सेलाई नियुक्तिको मात्र दुई महिनामा बर्खास्त गरेको छ । क्लब रेलिगेसन जोनभन्दा मात्र एक अंक माथि रहेका बेला व्यवस्थापनले ३४ वर्षीय राम्सेलाई हटाउने निर्णय गरेको हो ।
गत जनवरी ११ मा रायन मेसनको स्थानमा दुई वर्ष आधा अवधिको सम्झौता गर्दै उनी द हर्थोन्स भित्रिएका थिए । राम्सेले जिम्मेवारी सम्हाल्दा वेस्ट ब्रोम तालिकाको १८ औं स्थानमा थियो र रेलिगेसन क्षेत्रभन्दा सात अंकले सुरक्षित थियो । तर, उनको नेतृत्वमा खेलिएका नौवटै खेलमा क्लबले जित निकाल्न सकेन ।
मंगलबार घरेलु मैदानमा चार्लटनसँग १–१ को बराबरी नै उनको अन्तिम खेल बन्यो । क्लबले एक विज्ञप्ति जारी गर्दै राम्से र सहायक प्रशिक्षक डेनिस लरेन्स दुवैसँगको सहकार्य अन्त्य भएको पुष्टि गरेको छ । अर्को व्यवस्था नभएसम्मका लागि प्रशिक्षक जेम्स मोरिसनले अन्तरिम रूपमा टोलीको नेतृत्व सम्हाल्नेछन् ।
अमेरिकाको मेजर लिग सकरमा मिनेसोटा युनाइटेडलाई लगातार दुई पटक कन्फ्रेन्स प्ले–अफको सेमिफाइनल पुर्याएर चर्चामा आएका राम्सेका लागि वेस्ट ब्रोमको यात्रा निकै कष्टकर रह्यो । बर्खास्तीमा पर्नुअघि बिबिसीसँग कुरा गर्दै राम्सेले आफ्नो भविष्यबारे आफूले निर्णय गर्न नसक्ने तर आफ्नो तर्फबाट शतप्रतिशत प्रयास गरेको बताएका थिए ।
कार्लोस कोर्बेरानले भ्यालेन्सिया रोजेपछि र टोनी मोब्रे बर्खास्तीमा परेपछि पछिल्लो १४ महिनामा वेस्ट ब्रोमले चौथो प्रशिक्षक खोज्नुपर्ने अवस्था आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
-
पूर्वमन्त्री पौडेललाई पुल्चोक प्रहरीको हिरासतमा राखियो (अपडेट)
-
रोनाल्डोको कीर्तिमानी गोलसँगै पहिलो हाफमा पोर्चुगलको फराकिलो अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण