धादिङ बस दुर्घटनाः र्याफ्टिङबाट २४ जनाको ज्यान जोगाउने अरुण थपलिया सम्मानित
काठमाडौँ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैंसीगौडामा भएको बस दुर्घटनाका घाइतेहरूको ज्यान जोगाउन साहसिक भूमिका खेल्ने स्थानीय युवा अरुण थपलिया सम्मानित भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार एक विशेष कार्यक्रम आयोजना गरी थपलियाको योगदानको उच्च कदर गरेको हो ।
प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्टले उनलाई खादा ओढाएर सम्मान गर्दै विपद्का बेला नागरिकले देखाउने यस्तो तत्परता प्रशंसनीय रहेको बताए । बेनीघाट रोराङ–५ चरौंदीका स्थानीय बासिन्दा एवं र्याफ्टिङ व्यवसायी थपलियाले दुर्घटनाका बेला आफ्नो व्यक्तिगत र्याफ्ट प्रयोग गरेर उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीहरूलाई ठुलो सहयोग पुर्याएका थिए ।
फागुन ११ गते राति पोखराबाट काठमाडौंतर्फ आइरहेको यात्रुबाहक बस त्रिशूली नदी किनारको अप्ठ्यारो खोँचमा खसेको थियो । मध्यरातको समय र भौगोलिक विकटताका कारण उद्धारमा कठिनाइ भइरहेका बेला थपलियाले आफ्नो र्याफ्ट परिचालन गरी २४ जना घाइतेलाई सुरक्षित स्थानसम्म पुर्याउन मद्दत गरेका थिए ।
सोमबार बिहान करिब १ः३० बजे भएको उक्त दुर्घटनामा १९ जनाले ज्यान गुमाएका थिए । दुर्घटनालगत्तै घटनास्थल पुगेका थपलियाले सुरक्षा निकायसँग समन्वय गर्दै घाइतेहरूको खोजी र उद्धारमा रातभर सक्रियता देखाएका थिए ।
प्राधिकरणले विपद् व्यवस्थापनमा स्थानीय समुदायको सहभागिता र थपलियाजस्ता साहसी युवाहरूको भूमिकाले धेरैको ज्यान जोगाउन सम्भव भएको उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण