एन्फा राष्ट्रिय लिगमा नेपाल पुलिस क्लबको सहज जित
बिहीबार, १४ फागुन २०८२, १३ : ५३
काठमाडौँ । काठमाडौँमा जारी एन्फा राष्ट्रिय लिगमा नेपाल पुलिस क्लबले सहज जित निकालेको छ ।
बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिस क्लबले नव जनजागृति क्लबलाई ७–० गोल अन्तरले पराजित गरेको हो ।
पुलिसको जितमा सञ्जीव लामा र धिरेन्द्र बहादुर शाहले समान २–२ गोल गरेका थिए । त्यस्तै भरत शाह, दशरथ गिरी र विजय उरानले १–१ गोल गरे ।
जितसँगै ७ खेल खेलेको पुलिसको ७ अंक भएको छ भने नव जन जागृति क्लब अङ्कविहीन रहँदै तालिकाको पुछारमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण