बालीको ‘सुटकेस हत्या’ काण्डका दोषी ११ वर्षपछि गरिए ‘डिपोर्ट’
सारांश
- इन्डोनेसियाले सुटकेस हत्या प्रकरणका दोषी अमेरिकी नागरिक टमी स्केफरलाई ११ वर्षपछि देश निकाला गरेको छ।
- स्केफरले आफ्नी प्रेमिका र आमासँग मिलेर १५ लाख डलरको ट्रस्ट फन्डका लागि आमाको हत्या गरेका थिए।
- हत्यापछि शव सुटकेसमा राखेर ट्याक्सीमा राखिएको थियो, र स्केफरले आफ्नो गल्ती स्वीकार्दै माफी मागेका छन्।
जर्कार्ता । इन्डोनेसियाले चर्चित ‘सुटकेस हत्या’ प्रकरणमा दोषी ठहरिएका अमेरिकी नागरिक टमी स्केफरलाई ११ वर्षको जेल जीवनपछि देश निकाला गरिएको छ ।
उनले अब अमेरिकामा थप संघीय मुद्दा सामना गर्नुपर्नेछ । सन् २०१४ मा स्केफर आफ्नी तत्कालीन प्रेमिका हिथर म्याक र उनकी आमा शीला भोन विसे–म्याकसँग बाली घुम्न गएका थिए । अभियोजन पक्षका अनुसार झन्डै १५ लाख डलर बराबरको ट्रस्ट फन्ड कुम्ल्याउन दुवैले मिलेर वीज–म्याकको हत्या गरेका थिए ।
हत्या पछि वीज–म्याकको शव सुटकेसभित्र हालेर ट्याक्सीको बुटमा छोडिएको थियो । ट्याक्सी चालकले शंका लागेपछि प्रहरीलाई खबर गरेका थिए, जसपछि घटना सार्वजनिक भएको थियो । मंगलबार बिहान बालीको जेलबाट रिहा भएका ३३ वर्षीय स्केफरले राम्रो आचरणका कारण सजायमा छुट पाएका थिए । तर उनलाई त्यही रात अमेरिकातर्फ पठाइयो । अमेरिकी सञ्चारमाध्यमका अनुसार उनी बिहीबार शिकागोको संघीय अदालतमा उपस्थित हुने तय भएको छ ।
उडानअघि स्केफरले एएफपीसँग कुरा गर्दै आफ्नो कृत्यप्रति क्षमा मागेका थिए । ‘मलाई माफ गरिदिनस् । म सधैं माफी माग्छु ।’ उनले भने । ‘मलाई यस परिस्थितिमा धकेलिएको थियो, तर आफूले गरेको सबै कुराको जिम्मेवारी म लिन्छु । शीलाको परिवारले शान्ति पाओस् भन्ने आशा छ ।’ उनले भने । सन् २०१५ मा इन्डोनेसियाको अदालतले स्केफरलाई १८ वर्ष र म्याकलाई १० वर्ष जेल सजाय सुनाएको थियो । न्यायाधीशले उक्त हत्या निर्दयी भएको टिप्पणी गरेका थिए । अभियोजन पक्षका अनुसार म्याकले आमाको मुख थुनेकी थिइन् भने स्केफरले फल राख्ने भाँडाले टाउकोमा प्रहार गरेका थिए ।
म्याक त्यतिबेला १८ वर्षकी थिइन् । उनी गर्भवती पनि थिइन् । हत्यामा कम भूमिकाका कारण उनलाई कम सजाय दिइएको अदालतले जनाएको थियो । उनी २०२१ मा रिहा भइन् । रिहा भएर अमेरिकामा पुगेलगत्तै उनी पक्राउ परेकी थिइन । पछि अमेरिकी अदालतले उनलाई २६ वर्ष जेल सजाय सुनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ल्यान्डलाई ठुलो झट्का : स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिपमा १२ अङ्क गुमायो
-
अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द
-
बेलायतमा नयाँ नेतृत्वका लागि जुलाई ९ बाट मनोनयन खुल्ने, उत्तराधिकारी नचुनिएसम्म स्टार्मर नै प्रधानमन्त्री रहने
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण