निर्वाचनले नछोएकाे चितवनको त्याे बस्ती
सारांश
- चितवनको एक बस्तीमा निर्वाचनको माहोल देखिएको छैन, जहाँ उम्मेदवारहरूले मतदातालाई भेटेका छैनन्।
- माझी, मुसहर समुदायका बासिन्दा शिक्षा, स्वास्थ्य र रोजगारीको अभावमा छन् र उनीहरूलाई मतदानमा रुचि छैन।
- स्थानीय बासिन्दालाई कुन दलबाट को उम्मेदवार छन् भन्ने समेत थाहा छैन र मतदाता शिक्षा पनि पुगेको छैन।
चितवन । देशभर निर्वाचनको माहोल भएपनि यहाँको एक बस्तीमा हालसम्म कुनै किसिमको रौनक देखिएको छैन ।
रत्ननगर नगरपालिका–८स्थित माझी, मुसहर टोल निर्वाचनको रौनकतादेखि टाढा छ । २९ घरपरिवार माझी, मुसहर भएको सो टोलकी अध्यक्ष बासमती माझी निर्वाचन नजिकिए पनि कुनै उम्मेदवारको नजर आफ्नो बस्तीमा नपरेको बतारउँछिन् । उनले भनिन्, “अहिलेसम्म यहाँका मतदाता भेट्न कुनै उम्मेद्वार आउनु भएको छैन।”
अघिल्ला निर्वाचनमा हरेक दलका उम्मेदवार वा प्रतिनिधि मत माग्न आउँथे । तर यसपटक कोही नआएको उनले बताइन् । यसपटकको निर्वाचनमा यहाँका स्थानीय बासिन्दालाई कुन दलबाट को उम्मेदवार छन् भन्ने सम्म थाहा छैन । मतदान नजिकिए पनि यहाँ मतदाता शिक्षा स्वयंसेवक आइनपुगेको उनले गुनासो गरिन् ।
ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका यस समुदायमा शिक्षा, स्वास्थ्य र रोजगारीको अभाव छ । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता भएका महेश माझी निर्वाचनको विषयमा कुरा गर्न समेत मान्दैनन् । उनलाई मतदान गर्ने रुचि समेत देखिन्न । उनले भने, “मलाई मतदान गर्ने इच्छानै छैन केको निर्वाचन लाग्नु ।” आफूले ‘प्लस टू’ उत्तीर्ण गरे पनि रोजगारी पाउन नसकेपछि अटो भाडामा लिएर चलाउँदै आएका उनी रोजगारी, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी नहुने भएकाले मतदान गर्ने रुचि नभएको बताउँछन्।
कक्षा १२ सकेर घरमै सीप सिक्दै आएकी अञ्जली माझी पनि दलका उम्मेदवारहरुले आफ्नो बस्तीलाई बिर्सेको गुनासो गरिन् । उनले भनिन्, “हाल यहाँका मतदातालाई मतदान गर्ने तरिकासमेत थाहा छैन ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा रोचक दृश्यः रवि–बालेनको डमीदेखि मोही माग्नेको हारालुछ
-
अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु
-
जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरूको आग्रह
-
रोबोट नै भिख माग्न बसेपछि...
-
पुरुषको पिसाबमा रगत आउनुको कारण के हो ?
-
गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण