होलीको खुसीमा तगारो: यूपीका ४६ हजार कर्मचारीको तलब रोकियो
सारांश
- होली नजिकिँदै गर्दा उत्तर प्रदेशका ४६ हजारभन्दा बढी सरकारी कर्मचारीको तलब रोकिएको छ।
- सम्पत्तिको विवरण नबुझाएका कारण उनीहरूको तलब रोकिएको हो, जसले गर्दा होलीमा खुसी कम हुने भएको छ।
- सरकारले सम्पत्ति विवरण अद्यावधिक नगर्ने कर्मचारीलाई कडाई गर्दै पारदर्शिता र सुशासन कायम गर्न खोजेको छ।
काठमाडौँ । रङहरूको पर्व होली नजिकिँदै गर्दा उत्तर प्रदेशका ४६ हजारभन्दा बढी सरकारी कर्मचारीका लागि यस वर्षको खुसी फिक्का हुने भएको छ । सरकारले उनीहरूको तलब रोक्ने निर्णय गरेपछि उनीहरूको होली ‘खल्ती रित्तै’ हुने निश्चित भएको हो ।
वास्तवमा, यी कर्मचारीहरूले सरकारको कडा निर्देशनलाई बेवास्ता गर्दै आफ्नो सम्पत्तिको विवरण तोकिएको ‘समयमा अद्यावधिक नगरेका कारण यस्तो अवस्था आएको हो । विवरण बुझाउने अन्तिम मिति जनवरी ३१ तोकिएको भए पनि ४६ हजार ८१६ कर्मचारी तथा अधिकारीहरूले उक्त नियम पालना गरेनन् ।
यद्यपि, प्रदेशका अन्य सबै सरकारी कर्मचारी र पेन्सनहरूको तलब तथा पेन्सन भने फेब्रुअरी २८ मा नै जारी गरिने वित्त विभागले जनाएको छ, जसले उनीहरूको होलीमा उत्साह थपेको छ ।
यो कुनै पहिलो पटक भने होइन । यसअघि पनि जनवरी महिनाको तलब ६८ हजार २३६ कर्मचारी रोकिएको थियो । उत्तर प्रदेशमा कुल १७ लाख सरकारी कर्मचारी छन्, जसमध्ये १६ लाख ५३ हजारले भने समयमै आफ्नो विवरण बुझाएर तलब पाउन योग्य भएका छन् । प्रदेश सरकारले ९० वटै विभागका कर्मचारीलाई वार्षिक रूपमा आफ्नो सम्पत्ति विवरण अद्यावधिक गर्न अनिवार्य गर्दै पारदर्शिता र सुशासनमा जोड दिएको छ । तर, यो कडाईले सम्पत्तिको विवरण नबुझाउने कर्मचारीलाई भने ठुलो आर्थिक झट्का लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण