फ्राइडे रिलिज : ‘प्रवासी जीवन’ लाई एकल प्रदर्शनको अवसर
सारांश
- शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'प्रवासी जीवन' ले एकल प्रदर्शनको अवसर पाएको छ।
- यो फिल्म अमेरिकामा बसोबास गर्ने नेपालीहरूको संघर्ष र सफलताको कथामा आधारित छ।
- राजेश हमाल मुख्य भूमिकामा रहेको फिल्ममा सरिता लामिछाने लगायतका कलाकारको अभिनय छ।
काठमाडौँ । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट फिल्म ‘प्रवासी जीवन’ प्रदर्शनमा आएकाे छ । निर्वाचनका कारण यो समय अन्य निर्माताले आफ्नो फिल्म प्रदर्शनमा चासो नदेखाएको कारण यो फिल्मले एकल प्रदर्शनको अवसर पाएको हो ।
यद्यपि, देशभरका हल यो फिल्मले मात्र पाएको छैन । किनभने अघिल्ला साताहरूमा प्रदर्शनमा आएका नेपालीसहित केही विदेशी फिल्मले पनि निरन्तरता पाइरहेका छन् ।
‘प्रवासी जीवन’ अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरूको सङ्घर्ष र सफलताको कथामा निर्माण भएको हो । फिल्मलाई श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रूपमा मिलेर निर्देशन गरेका हुन् ।
राजेश हमालको मुख्य भूमिका रहेको फिल्ममा प्रवासीहरूको सुख दुःख, आरोह–अवरोह र चुनौतीहरूलाई मुख्य विषयवस्तु बनाइएको छ । फिल्ममा राजेशको अलवा सरिता लामिछाने, बुद्धि तामाङ, महादेव अधिकारी, एञ्जेला बस्नेत, गगन सुवेदी, लोकेश भित्रिकोटी लगायतका कलाकारहरूको अभिनय छ ।
रविन आचार्यको लगानीमा तयार भएको यो फिल्ममा अमृत बिसुवाको छायाङ्कन, राम अधिकारीको सम्पादन, सुवास सेञ्चुरीको पार्श्व सङ्गीत, नवीन कार्कीको सङ्गीत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
-
राहदानी छपाइमा १० अर्ब १३ करोडको भ्रष्टाचारः कसलाई कति बिगो मागदाबी ?
-
अन्योलमै बित्यो दिन, न सुरु भयो बन्दसत्र न प्रकाशन भयो नामावली (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण