पत्रकार आचार्यमाथि भएको आक्रमण प्रेस स्वतन्त्रताको अभ्यासमाथिको प्रहार : महासंघ
सारांश
- नेपाल पत्रकार महासंघले पत्रकार अर्जुन आचार्यमाथि भएको आक्रमणको विरोध गरेको छ।
- महासंघले विज्ञप्ति जारी गर्दै आक्रमण प्रेस स्वतन्त्रताको अभ्यासमाथिको प्रहार भएको जनाएको छ।
- महासंघले आक्रमणकारीलाई कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षाको लागि आग्रह गरेको छ।
काठमाडौँ । नेपाल पत्रकार महासंघले राताेपाटी डटकमका पत्रकार अर्जुन आचार्यमाथि भएको आक्रमणको विरोध गरेको छ । शुक्रबार महासंघले एक विज्ञप्ति जारी गर्दै पत्रकार आचार्यमाथि भएको आक्रमणप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ : ‘सञ्चारकर्ममा जुटिरहेका पत्रकार अर्जुन आचार्यलाई भोलेन्टियर्स फोर्सका व्यक्तिहरूबाट गरिएको आक्रमणप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।’
महासंघले पेसागत धर्म निर्वाहका क्रममा भएको यो आक्रमण अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताको अभ्यासमाथिको प्रहार भएको जनाएको छ ।
महासंघले आक्रमणमा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन र पत्रकारलाई निर्बाध र सुरक्षित अभ्यासमा जुट्ने वातावरण बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ । साथै महासंघले घाइते पत्रकार आचार्यको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण