आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटो फिचर

सञ्चालनअघि नै पुनर्निर्माण पर्खिरहेको दमक भ्युटावर, तस्बिरहरू

शुक्रबार, १५ फागुन २०८२, १५ : १५
शुक्रबार, १५ फागुन २०८२

काठमाडाैँ । जेनजी आन्दोलनबाट क्षतिग्रस्त बनेको झापाको दमक भ्युटावर अझै अस्तव्यस्त छ । झण्डै २५ करोड क्षतिको अनुमान गरिएको उक्त भ्युटावर ६ महिना बितिसक्दा पनि पुनर्निर्माण हुन नसकेको हो । 

१ अर्ब ६४ करोड खर्च गरेर उक्त भ्यु टावर सञ्चालन बनाइएको थियो । २०८१ मंसिरमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको यो भ्यु टावर गत साउनदेखि सर्वसाधारणलाई प्रवेश खुला गरिएको थियो । 

तर अझै पनि उक्त भ्युटावरमा कुनै पनि व्यवसायिक संस्था वा कम्प्लेक्स सञ्चालनमा आउन सकेको छैन । तोडफोडअघिसम्म कुनै पनि व्यवसायिक संस्थाले स्पेस बुकिङ गरेका थिएनन्। 

आन्दोलनका क्रममा भ्यु टावरको गेट, टिकट काउन्टर, सुरक्षा पोस्ट, कर्मचारी भवनलगायतमा आगजनी भएको थियो । १८ तलाको उक्त भवनका अधिकांश सिसा फुटेका छन् भने भित्री भागहरुमा समेत क्षति पुर्‍याइएको छ। 

तस्बिरहरू : राताेपाटीकर्मी मनाेज खड्का 

view tower (14)view tower (15)view tower (16)view tower (17)view tower (18)view tower (19)view tower (20)view tower (21)view tower (22)view tower (23)view tower (24)view tower (25)

view tower (1)view tower (2)view tower (3)view tower (4)view tower (5)view tower (6)view tower (7)view tower (8)view tower (9)view tower (10)view tower (11)view tower (12)view tower (13)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप