कांग्रेसको वाइवाइ फ्याक्ट्री जस्तै नेपाल चल्न पर्यो : बालेन शाह
सारांश
- रास्वपा नेता बालेन्द्र शाहले नेपाल नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्री जस्तै चल्नुपर्ने बताए।
- उनले देशभरका समस्या उस्तै रहेको र निर्वाचित सरकारले सम्बोधन गर्ने कुरा राखे।
- बालेनले हेटौँडा सिमेन्ट कारखानाको उदाहरण दिँदै देश चलाउने जिम्मा दिन आग्रह गरे।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र(बालेन) शाहले नेपाल नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्री जस्तै चल्न पर्ने बताएका छन् ।
चितवनमा शुक्रबार आयोजित परिवर्तन उद्घोष सभामा वरिष्ठ नेता शाहले भने, ‘नेपाल नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्री जस्तै चल्न पर्यो ।’
चुनावी प्रचार प्रसारका क्रममा मुलुकभर घुम्दा देखेका समस्या उस्तै उस्तै खालका पाएको समेत उनले बताए । उनले भने, ‘चुनावी प्रचार प्रसारका क्रममा देशभरका समस्या उस्तै रहेका पाएँ । अब निर्वाचनपछि बन्ने सरकारले ती समस्याको सम्बोधन गर्छ ।’
शाहले नेपाल हेटौँडा सिमेन्ट कारखानाजस्तै सबै सामान भएर पनि चल्न नसकेको बताए । ‘हाम्रो देश हेटौँडा सिमेन्ट कारखाना जस्तै भएको छ । सबै सामान छन् । तर चल्दैन । हामीलाई चलाउने जिम्मा दिनुस्,हामी चलाउँछौँ,’ शाहले भने।
शाहले चितवनले देशलाई टुरिजम सिकाउनु पर्ने समेत बताए ।
सभालाई सम्बोधन गर्दा समर्थकले होहल्ला गरेपछि बालेनले भने, ‘आइ लभ यु, बोल्नै दिँदैनन् यार ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
भरतपुरको लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
-
रवि लामिछानेले दर्ता गराए उम्मेदवारी, प्रधानमन्त्री प्रस्तावक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण