‘महिन्द्रा केयरफेस्ट २०८२’ को विजेता घोषणा, बम्परमा हरि पन्तले जिते बिगस इलेक्ट्रिक स्कुटर
काठमाडौँ । बालाजु अटो वक्र्सको वार्षिक सर्भिस क्याम्प ‘महिन्द्रा केयरफेस्ट २०८२’ को बम्पर उपहार विजेताको नाम सार्वजनिक गरिएको छ।
नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि ग्रुप अन्तर्गतको यस कम्पनीले गत माघ ९ देखि १४ गतेसम्म सञ्चालन गरेको केयरफेस्टको नतिजा शुक्रबार लक्की ड्रमार्फत घोषणा गरेको हो।
काठमाडौँको बालाजुस्थित महिन्द्राको आधिकारिक सर्भिस सेन्टरमा आयोजित विशेष कार्यक्रममा विजेताको घोषणा गरिएको हो । राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी एवं एपीएफ टोलीकी कप्तान अनिता बस्नेतको विशेष आतिथ्यता रहेको उक्त कार्यक्रममा अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, अग्नि ग्रुप तथा बालाजु अटो वक्र्सका प्रतिनिधिहरू, महिन्द्रा एण्ड महिन्द्राका प्रतिनिधि र सञ्चारकर्मीहरूको उपस्थिति थियो।
देशभरका ५३ भन्दा बढी आधिकारिक सर्भिस सेन्टरहरूमा सञ्चालन भएको महिन्द्रा केयरफेस्टमा दक्ष प्राविधिकहरूले अत्याधुनिक डायग्नोस्टिक उपकरण र जेन्यून स्पेयर पाट्र्स प्रयोग गरी सवारीसाधनको सर्भिसिङ गरेका थिए।
यस वर्षको केयरफेस्टमा सेवा लिने हजारौँ ग्राहकहरूमध्ये गोलाप्रथाबाट एक जना भाग्यशाली विजेता छानिएका हुन्। जसअनुसार हरि पन्तले लक्की ड्रमार्फत ’बिगस सि–१२’ इलेक्ट्रिक स्कुटर प्राप्त गरेका छन्। उनले वुटवलस्थित मैनानगर अटोल्यान्ड प्रा.लि.बाट सेवा लिएका थिए।
यस्ता सर्भिस क्याम्पहरूले ग्राहकसँगको सम्बन्धलाई थप बलियो र फलदायी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ। आगामी दिनहरूमा पनि ग्राहकहरूलाई यस्तै उत्कृष्ट सेवा र आकर्षक सुविधाहरू प्रदान गरिरहने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।
बालाजु अटो वक्र्स अग्नि ग्रुपको सहायक कम्पनी तथा नेपालका लागि महिन्द्राको आधिकारिक सर्भिस सेन्टर हो। यसले देशभर रहेका ५३ भन्दा बढी शाखा तथा डिलरहरूमार्फत महिन्द्राका सवारीसाधनका लागि गुणस्तरीय सर्भिसिङ, जेन्यून स्पेयर पाट्र्स, ल्युब्रिकेन्ट्स तथा एसेसरिज उपलब्ध गराउँदै आइरहेको छ।
_VNHIs7s3W4.jpg)
_GwuvHe5DDv.jpg)
_M68arjGVIt.jpg)
_4OjBXNyfut.jpg)
_VtU8kll3UH.jpg)
_QtOo2ojUmf.jpg)
_enp9GkEt3d.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण