रातोपाटी टाेलीमाथि दुर्व्यवहार र आक्रमण गर्नेलाई कारबाही गर्न नाफिजको माग
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनका लागि फिल्ड रिपोर्टिङमा रहेको रातोपाटी टाेलीमाथि भएको दुर्व्यवहार र आक्रमणको घोर भर्त्सना गरिएको छ ।
नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) का महासचिव निकेश खत्रीले शुक्रबार विज्ञप्ति जारी गर्दै नाफिज सदस्य एवं रातोपाटीकर्मी अमृत चिमरियासहितको टोलीमाथि दुर्व्यवहारका साथै पत्रकार अर्जुन आचार्यमाथि फिल्ड रिपोर्टिङका क्रममा भएको आक्रमणको घोर भर्त्सना गरेका हुन्।
बिहीबार झापा–५ मा निर्वाचनको अवस्थाबारे स्थलगत रिपोर्टिङका क्रममा नेकपा एमालेको नेशलन भोलेन्टियर फोर्सका सदस्यहरूले दुर्व्यवहार र आक्रमण गरेका थिए ।
लोकतन्त्रको मूल्य र मान्यतालाई सबैले सही ढङ्गले पछ्याउनुपर्ने र चुनावसँग सम्बन्धित सत्यतथ्य समाचार सङ्कलनका लागि फिल्डमा खटेका पत्रकारको सुरक्षा चुनौती सृजना गरिनु प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथिकै आक्रमण भएको नाफिजले बताएको छ ।
पत्रकारमाथि दुर्व्यवहार र हातपात गर्ने कार्यमा संलग्न उक्त नेशलन भोलेन्टियर फोर्सका सदस्यलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग नाफिजले माग समेत गरेको छ ।
नेपाल आर्थिक पत्रकार सङ्घले आपराधिक मनसायले पत्रकारमाथि दुर्व्यवहार र हातपात गर्नेलाई तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ।
प्रेस विरोधी कर्मको निन्दा र भर्त्सना गर्नुका साथै भविष्यमा प्रेस स्वतन्त्रता हननमा संलग्न नहुन सम्बन्धित सम्पूर्णलाई सचेत समेत गराएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण