बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रिय स्वाधीनता र जनताको आत्मसम्मान मुख्य उद्देश्य: संयोजक दाहाल

शनिबार, १६ फागुन २०८२, ०० : २८
शनिबार, १६ फागुन २०८२

सारांश

  • पुष्पकमल दाहालले राष्ट्रिय स्वाधिनता र जनताको आत्मसम्मानलाई पार्टीको मुख्य उद्देश्य बताए।
  • उनले देश विकास र जनतालाई समृद्ध बनाउने सङ्कल्प लिएको कुरा उल्लेख गरे।
  • आगामी पाँच वर्षभित्र उद्यमशीलतामार्फत रोजगारी सिर्जना गर्ने योजना रहेको बताए।

काठमाडौँ ।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वाधीनता र जनताको आत्मसम्मान पार्टीको मुख्य उद्देश्य रहेको बताएका छन् ।

नेपाली कम्युनिस्ट पार्टी, ललितपुर क्षेत्र नं. १ द्वारा शुक्रबार आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले मुलुकमा विद्यमान सङ्कट समाधान गरी देश विकास र जनतालाई समृद्ध बनाउने सङ्कल्प पार्टीले लिएको बताए ।

विगतका कमजोरी सच्याउँदै ‘नयाँ नेपाल’ निर्माण गर्ने प्रतिबद्धतासहित विभिन्न २६ वटा वामपन्थी र समाजवादी घटनाहरूबिच एकता भएको बताउँदै पूर्वप्रधानमन्त्री दाहालले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा कम्युनिस्ट शक्तिहरूलाई सुदृढ बनाउँदै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

पार्टीले आत्मसात् गरेका वैचारिक दृष्टिकोण तथा कम्युनिस्ट आदर्शका कारण अहिले पार्टीप्रति जनलहर बढेको बताउँदै उनले आसन्न निर्वाचनमा जनताले राम्रो मूल्याङ्कन गर्ने उल्लेख गरे । पार्टीले आगामी पाँच वर्षभित्र उद्यमशीलतामार्फत रोजगारी सिर्जना गर्ने गरी योजना निर्माण गरेको बताउँदै उनले त्यस कार्यक्रमबाट गरिबी १० प्रतिशतमा झार्ने सकिने र सामाजिक तथा आर्थिक रूपान्तरणका लागि १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गर्न सकिने बताए ।

राजनीतिक व्यवस्था बदलिए पनि जनताको जीवनस्तर नबदलिएको स्विकार्दै उनले नेपाली विशेषताको समाजवाद कार्यान्वयन गरी प्रतिवर्ष एक लाख ५० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप