नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पूर्व अध्यक्ष हिरा उदासको निधन
शनिबार, १६ फागुन २०८२, १२ : ३४
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पूर्व अध्यक्ष हिरा उदासको निधन भएको छ । विराटनगरस्थित विराट टिचिङ्ग अस्पतालमा उनको शनिबार उपचारका क्रममा निधन भएको महासंघले जनाएको छ।
स्वर्गीय हिरा उदासले सार्वजनिक यातायात क्षेत्रको बृहत् एकता, समुन्नत विकास र सुधारमा अतुलनीय योगदान पुर्याएको महासंघले जनाएको छ ।
विगत पाँच दशकदेखि यातायात क्षेत्रमा क्रियाशील रहँदै भष्म पितामहुका रूपमा चिरपरिचित उनको निधनले यातायात जगतमा अपूरणीय क्षति पुगेको महासंघको शोक वक्तव्यमा उल्लेख छ ।
पूर्व अध्यक्षको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै महासंघले उनको योगदानको स्मरण गर्दै सातवटै प्रदेश कार्यालयमा तीन दिनसम्म आधा झण्डा झुकाउने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण