पर्सामा चार दिन सीमा नाका बन्द
सारांश
- पर्सा जिल्ला प्रशासनले निर्वाचनलाई मध्यनजर गर्दै चार दिनका लागि भारतसँगको सीमा बन्द गर्ने निर्णय गरेको छ।
- गृह मन्त्रालय, निर्वाचन आयोग र जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सीमा नाका १८ गते राति १२ बजेदेखि २१ गतेसम्म बन्द रहनेछन्।
- निर्वाचनलाई स्वच्छ बनाउन र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै, अत्यावश्यक सेवाबाहेक सबै आवतजावत बन्द गरिएको छ।
वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएका जिल्लाका सबै सीमानाका चार दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
गृह मन्त्रालय, निर्वाचन आयोग र जिल्ला सुरक्षा समितिको निर्णयअनुसार यही फागुन १८ गते सोमबार राति १२ बजेदेखि फागुन २१ गते बिहीबार राति १२ बजेसम्म भारतसँग जोडिएका सबै सीमा नाका पूर्णरूपमा बन्द रहने प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए।
प्रशासनका अनुसार निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको हो। तोकिएको अवधिभर अत्यावश्यक सेवाबाहेक सीमा आवतजावत पूर्ण रूपमा रोक लगाइएको छ।
यस अवधिमा सार्वजनिक स्थलमा भीडभाड, जुलुस, र्याली, हो–हल्ला, मादक पदार्थ सेवन गरी अशान्ति फैलाउने गतिविधि निषेध गरिएको छ। मोटरसाइकल प्रयोग गरी होली मनाउने कार्यसमेत गर्न नपाइने प्रशासनले जनाएको छ।
निर्वाचन मौन अवधिभर कुनै पनि राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसार, झन्डा–ब्यानर प्रदर्शन तथा डीजे लगायत ध्वनि प्रदूषण गर्ने गतिविधि पनि प्रतिबन्धित गरिएको छ।
निर्देशन उल्लङ्घन गरेमा प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण