इजरायलमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह
काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रम र बढ्दो सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै इजरायलको तेल अविवस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
दूतावासले मध्यपूर्वको अवस्थालाई सूक्ष्म रूपमा नियालिरहेको जनाउँदै सुरक्षित रहन शनिबार एक एडभाइजरीमार्फत अपिल गरेको हो ।
अपिलमा इजरायली सुरक्षा निकाय र 'होम फ्रन्ट कमान्ड'ले जारी गरेका सुरक्षा निर्देशनहरूको पूर्ण रूपमा पालना गर्न नेपालीहरूलाई अनुरोध गरेको छ ।
नेपाली नागरिकहरूलाई सकेसम्म घरभित्रै सुरक्षित रहन, चनाखो बन्न र आफू रहेको स्थानमा अन्य नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन सुझाइएको छ । साथै सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थान वा तोकिएका बङ्कर (सेल्टर) को नजिकै रहन पनि दूतावासले आग्रह गरेको छ ।
यसैगरी दूतावासले सम्बन्धित इजरायली निकायको पूर्वस्वीकृतिबिना कुनै पनि यात्रा नगर्न निर्देशन दिएको छ । परिस्थितिको सही जानकारी पाउनका लागि स्थानीय समाचार, आधिकारिक सूचना तथा आपतकालीन अलर्टहरूको निरन्तर निगरानी गर्न पनि सूचनामा उल्लेख गरिएको छ ।
शनिबार इजरायल र अमेरिकाले संयुक्त रुपमा इरानमा हमला गरेपछि त्यसको असर मध्यपूर्वका विभिन्न देशमा पनि परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण