सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
अपडेट

दोहा एयरपोर्ट बन्द भएपछि काठमाडौँबाट हुने उडान रोकियो

शनिबार, १६ फागुन २०८२, १७ : ५२
शनिबार, १६ फागुन २०८२

सारांश

  • कतारले दोहा विमानस्थल तत्कालका लागि बन्द गर्ने निर्णय गरेको छ।
  • यस कारण आजका लागि कतारका लागि हुने सबै उडानहरू रोकिएका छन्।
  • युएई र कुवेत लगायतका अन्य देशहरूको उडानबारे प्राधिकरणले खबरको प्रतीक्षा गरिरहेको छ।

काठमाडौँ । कतारमा हुने हवाई उडान बन्द भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार कतारले दोहा एयरपोर्ट तत्कालका लागि बन्द गर्ने निर्णय गरेकोले आजका लागि हुने उडान रोकिएको जानकारी दिए ।

‘त्यहाँ विमानस्थल बन्द भएपछि यहाँबाट हुने उडान पनि स्वतः रोकिएको छ । युएई कुवेत लगायतका देशको बारेमा अहिलेसम्म खबर आएको छैन’ भुल भन्छन्, ‘हाम्रो तर्फबाट निर्णय हुने विषय नभएकोले हामीले खबर पर्खिरहेका छौँ । दोहा चाहिँ बन्द नै भयो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप