अब हाम्रो मातृभाषाहरू विश्व बजारमा पुग्नुपर्छ : बोर्ड अध्यक्ष डिसी
सारांश
- नेपालभाषा चलचित्र, सङ्गीत र सांस्कृतिक सामग्री डिजिटल माध्यमबाट विश्वभर पुर्याउन 'नेवा-फ्लिक्स' सुरु भएको छ।
- चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले मातृभाषालाई डिजिटल प्लेटफर्ममा लैजानुपर्ने विचार राखे।
- इलोहं इन्टरटेनमेन्टले २ वर्षको मेहनतपछि 'नेवा-फ्लिक्स' प्लेटफर्म तयार पारेको हो, जहाँ नेपालभाषाका सामग्री हेर्न सकिनेछ।
काठमाडौँ । नेपालभाषा चलचित्र, सङ्गीत र सांस्कृतिक सामग्रीलाई डिजिटल माध्यममार्फत विश्व दर्शकमाझ पुर्याउने उद्देश्यसहित नेपाल भाषाको पहिलो ओटिटि ‘नेवा–फ्लिक्स’ सञ्चालनमा आएको छ । इलोहं इन्टरटेनमेन्टले शनिबार कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्समा एक कार्यक्रम गर्दै ओटिटिको घोषणा गरेको हो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, इलोहं प्रकाशनका प्रबन्ध निर्देशक नरेशवीर शाक्य, कीर्तिपुर सिनेप्लेक्सका अध्यक्ष नरेन्द्र महर्जन, वरिष्ठ फोटोग्राफर राजभाई सुवाल लगायतको कार्यक्रममा बोर्ड अध्यक्ष दिनेश डिसीले अब हाम्रो मातृभाषाहरू विश्व बजारमा पुग्नुपर्ने धारणा राखे ।
‘कुनै बेला हामी पद्मरत्न यात त्याका दिसँ, प्रतिगामी तत्व यात बुका दिसँ भन्दै पम्प्लेट छाप्थ्यौं, भित्ते लेख्थ्यौँ। त्यो भाषा जोगाउने सङ्घर्षको समय थियो’, उनले भने ‘अहिले सङ्घर्षको रूप फेरिएको छ ।अब डिजिटलमै भाषा जोगाउनुपर्छ।’ उनले आजको पुस्ता मोबाइलमै रहेको बताउदै अब हाम्रो सिनेमा र सामग्री पनि त्यहीँ पुग्न जरुरी रहेको धारणा राखे ।
इलोहं प्रकाशनका प्रबन्ध निर्देशक नरेशवीर शाक्यले २६ वर्षदेखि प्रकाशन क्षेत्रमा सक्रिय संस्थाले समयअनुसार प्रविधिसँग अघि बढ्ने निर्णय गर्दै ओटिटि ‘नेवा–फ्लिक्स’ सुरु गरेको बताए। उनका अनुसार दुई वर्षको मेहनतपछि प्लेटफर्म तयार भएको हो। इन्टरनेटमार्फत नेपालभाषाका सिनेमा, म्युजिक भिडियो तथा सांस्कृतिक सामग्री हेर्न सकिने जानकारी उनले दिए ।
कीर्तिपुर सिनेप्लेक्सका अध्यक्ष नरेन्द्र महर्जनले नेपालभाषा चलचित्र प्रदर्शनमा समस्या आए सहकार्य गर्न तयार रहेको बताए ।
आयोजकका अनुसार ‘नेवा–फ्लिक्स’ले सिनेमा हलसम्म पुग्न नसक्ने दर्शकलाई घरमै बसेर सामग्री हेर्ने अवसर दिनेछ। साथै नेपालभाषा चलचित्र, संस्कृति र सम्पदालाई डिजिटल माध्यममार्फत विश्व दर्शकमाझ पुर्याउने दीर्घकालीन लक्ष्य लिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण