मुस्ताङमा जोगिएला एमाले–कांग्रेसको विरासत ?
सारांश
- मुस्ताङमा चिसो छल्न गएका मतदाता र उम्मेदवार चुनावी माहोल तात्न थालेपछि फर्किन थालेका छन्।
- यस पटकको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाबीच प्रतिस्पर्धा हुने देखिएको छ।
- २०७४ र २०७९ को निर्वाचनमा एमाले र कांग्रेसले जितेको मुस्ताङमा यसपटकको नतिजा कस्तो होला चासोको विषय बनेको छ।
बागलुङ । गत मंसिरदेखि चिसोका कारण सुनसान बनेको मुस्ताङ बिस्तारै चुनावी माहोलले गर्माउन थालेको छ । चिसो छल्न तीन महिना अगाडि सहर झरेका मतदाता तथा उम्मेदवार फागुन दोस्रो सातापछि मात्रै मुस्ताङ उक्लिन थालेका हुन् ।
उम्मेदवार उक्लिसके पनि मतदाता भने फाट्टफुट्टमात्रै आएका छन् । यसभन्दा अगाडि नेपाली कांग्रेस र नेकपा एमालेले पालैपालो जित्दै आएको मुस्ताङमा यसपाली कसले बाजी मार्ला भन्ने कौतुहलता धेरैमा छ ।
मंसिरदेखि काठमाडौँ, पोखरा, चितवन लगायतका ठाउँमा बस्दै आएका मतदातालाई उम्मेदवारले उतै भेटभाट गरेर मत मागे । अहिले गाउँमा आएर पनि मतदाता भेट्ने र रिझाउने प्रयास गरिरहेका छन् ।
एउटामात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा यसपालि आठ जना उम्मेदवार चुनावी मैदानमा छन् । नेपाली कांग्रेसबाट योगेश गौचन थकाली, नेकपा एमालेबाट इन्द्रधारा ढाडु विष्ट, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट ङुटुङ गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अधितीयचन्द्र थकालीसहितका उम्मेदवार छन् ।
- २०७४ र २०७९ मा अदलबदल परिणाम
संघीयता लागु भएपछि २०७४ सालमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेका प्रेमप्रसाद तुलाचन निर्वाचित भएका थिए । उनले नेपाली कांग्रेसका रोमी गौचन थकालीलाई पराजित गरेका थिए ।
तुलाचनले तीन हजार ५४४ मत प्राप्त गर्दा कांग्रेसका गौचन थकालीले तीन हजार २८१ मत प्राप्त गरेका थिए । तुलाचन र थकालीबिच ३६३ मतान्तर थियो । त्यसबेला मुस्ताङमा नौ हजार ४२७ मतदाता रहेकामा ६ हजार ७१४ मतमात्रै खसेको थियो ।
२०७९ मा भने नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी भएका थिए । उनले एमालेका प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका थिए । यसपालि पनि थाकाली चुनावी मैदानमा छन् ।
०७९ को निर्वाचनमा थकालीले तीन हजार ९९२ मत प्राप्त गरेका थिए । तुलाचनले भने तीन हजार ७८ मत पाएका थिए । उनीहरूबिच ९१४ को मतान्तर थियो । त्यसबेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुदेश गुरुङले जम्मा ८७ मत पाएका थिए ।
- कांग्रेस–एमालेले विरासत जोगाउन सक्लान् ?
यस अघिका निर्वाचनमा कांग्रेस र एमालेबिच नै मुख्य प्रतिस्पर्धा हुँदै आएको थियो, तर यस पटकको निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ । खासगरी नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच प्रतिस्पर्धा हुने देखिन्छ ।
नेपाली कांग्रेसको बलियो संगठन र पुरानो ‘लिगेसी’ले चुनाव जित्ने दाउमा छ । पूर्वमन्त्रीसमेत रहेका रोमी गौचनको प्रभाव मुस्ताङमा राम्रो हुँदा यसले जित निकाल्न सहज हुने देखिन्छ । अघिल्लो पटक कान्छो उम्मेदवार बनेर जित निकालेका योगेश यसपालि पनि जित निकाल्ने आशमा छन् ।
नेकपा एमालेको पनि मुस्ताङमा संगठन राम्रो छ, जुन जित निकाल्ने आधार हो । उम्मेदवार बनेका इन्द्रधारा उपल्लो मुस्ताङ निवासी हुन् । अहिलेसम्म प्रतिनिधि नपाएको हुँदा उपल्लो मुस्ताङबाट इन्द्रधाराले राम्रो मत लिन सक्ने धेरैको आकलन छ ।
विभिन्न दल मिलेर बनेको बनेको नेकपाले पनि जित्न निकाल्नका लागि कसरत गरिरहेको छ । यस अगाडि पनि नेकपाको राम्रै संगठन थियो । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लहर देशैभर चलेको हुँदा मुस्ताङमा पनि केही प्रभाव पार्न सक्ने देखिन्छ । यद्यपि संगठन कमजोर रहेको हुँदा जित निकाल्न ठुलै मेहनत गर्नु पर्नेछ ।
- यस्तो छ स्थानीय तहको मत परिणाम
पाँच वटा स्थानीय तह रहेको मुस्ताङमा घरपझोङ गाउँपालिका नेपाली कांग्रेसले जितेको छ भने अन्य चार पालिका नेकपा एमालेले जितेको छ । पाँच वडा रहेको घरपझोङ गाउँपालिकामा वडा नम्बर १, २ र ४ नेपाली कांग्रेस र वडा नम्बर ३ र ५ नेकपा एमालेले जितेको छ ।
पाँच वडा रहेको थासाङ गाउँपालिकामा वडा नम्बर १, ३, ४, ५ नेपाली कांग्रेस र वडा नम्बर २ नेकपा एमालेले जितेको छ ।
त्यस्तै पाँच वडा रहेको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा पाँचै वडा नेकपा एमालेले जितेको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा वडा नम्बर २ र ४ नेपाली कांग्रेसले जितेको छ भने वडा नम्बर १, ३ र ५ नेकपा एमालेले जितेको छ ।
लोमान्थाङ गाउँपालिकामा वडा नम्बर १ र ५ नेपाली कांग्रेसले जितेको छ भने वडा नम्बर २, ३ र ४ नेकपा एमालेले जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण