बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विवाहको खुसीमा १४ राज्यमा मिठाई बाँड्दै विजय र रश्मिका

आइतबार, १७ फागुन २०८२, ११ : ५२
आइतबार, १७ फागुन २०८२

सारांश

  • विजय देवरकोन्डा र रश्मिका मन्डानाले उदयपुरमा विवाह गरे, प्रशंसकहरूलाई मिठाई पठाउँदै छन्।
  • विवाहको खुसीयालीमा, जोडीले १४ राज्यहरूमा मिठाई पठाउने र मन्दिरहरूमा 'अन्नदानम्' गर्नेछन्।
  • जोडी 'गीता गोविन्दम' र 'डियर कम्रेड' जस्ता फिल्महरूमा सँगै देखिएका थिए, र अब 'राणाबाली'मा देखिनेछन्।

मुम्बई । दक्षिण भारतीय चलचित्रका चर्चित जोडी विजय देवरकोन्डा र रश्मिका मन्डानाले गत फेब्रुअरी २६ मा राजस्थानको उदयपुरमा परम्परागत रीतिरिवाजअनुसार विवाह गरेका छन् । उनीहरुलाई फ्यान तथा बिभिन्न सेलिब्रेटीले बधाई तथा सफल दाम्पत्य जीवनको शुभकामना दिइरहेका छन् ।

विवाहको खुसीयालीमा यो जोडीले फ्यानहरूको मुख मिठो गराउने भएको छ । उनीहरुले विवाहको मिठाई तेलंगानादेखि बिहारसम्मका १४ राज्यका विभिन्न सहरहरूमा पठाउने भएका हुन् । जसमा दिल्ली, चण्डीगढ, उत्तर प्रदेश, गुजरात, मध्य प्रदेश, राजस्थान र आन्ध्र प्रदेशलगायतका राज्यहरू समावेश छन् ।

यसका साथै, यो जोडीले विभिन्न मन्दिरहरूमा ‘अन्नदानम्’ (भोज) को आयोजना समेत गर्नेछन् । आफ्नो विवाहको खुसीमा फ्यानहरूलाई यसरी सहभागी गराएर उनीहरूले एउटा राम्रो उदाहरण प्रस्तुत गर्न लागेका हुन् । उनीहरूले अन्नदान गरिने मन्दिरहरूको सूची पनि सार्वजनिक गरेका छन् ।

रश्मिका र विजयले यसअघि ‘गीता गोविन्दम’ र ‘डियर कम्रेड’ जस्ता ब्लकबस्टर फिल्महरूमासँगै काम गरिसकेका छन् । विवाहपछि यो जोडी पहिलो पटक फिल्म ‘राणाबाली’मा सँगै देखिनेछ । राहुल सांकृत्यायनले निर्देशन गरेको यस फिल्मको पहिलो गीत ‘ओ मेरे साजन’ भर्खरै सार्वजनिक भएको छ । फ्यानहरू अहिले यो जोडीलाई सामाजिक सञ्जालमार्फत बधाई र शुभकामना दिइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप