इरानले अमेरिकी भूमिमा आक्रमण गर्न सक्ने चेतावनी
सारांश
- इरानले सर्वोच्च नेताको हत्या भएमा अमेरिकामा आतंकवादी हमला गर्ने चेतावनी दिएको छ।
- सीएनएनका अनुसार, इरानले यसअघि ट्रम्पलाई निशाना बनाउने प्रयास गरेको थियो।
- विश्लेषकका अनुसार, इरानको प्रतिक्रिया खतरनाक हुनसक्छ किनभने उसँग गुमाउन केही छैन।
तेहरान । सर्वोच्च नेता आयतुल्ला अली खामेनीको हत्या भएपछि इरानले अमेरिकी भूमिमा आतङ्कवादी आक्रमण गर्न सक्ने चेतावनी दिइएको छ । इरानका एक गुप्तचर विश्लेषकले सो चेतावनी दिएको भन्दै सीएनएनएले समाचार प्रकाशित गरेको छ ।
सीएनएनका प्रमुख गुप्तचर विश्लेषक जोन मिलरले यसअघि इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निशाना बनाउन गरेको प्रयासलाई उद्धृत गर्दै सो कुरा बताएका छन् । ट्रम्प पुनः निर्वाचित हुनुअघि इरानी शासनले अमेरिकी व्यक्तिहरूलाई निशाना बनाउने प्रयास गरेको भए पनि आक्रमणको व्यापक योजना भने उसले कहिल्यै बनाएको थिएन । ‘यो एउटा रेखा थियो जुन उनीहरूले कहिल्यै पार गर्न चाहेनन्,’ उनले भने ।
अमेरिकी अधिकारीहरूले इरानले योजनाबद्ध ढङ्गले इरानका आलोचक मसिह अलिनेजाद, ट्रम्पका पूर्वसुरक्षा सल्लाहकार जोन बोल्टन र ट्रम्प स्वयंलाई समेत निशाना बनाउने योजनालाई विफल पारेका थिए । ‘हामीले जुन कुरा देखेनौँ, तर अब हुनसक्छ, त्यो यस्तो योजना हो, जसले धेरै जनालाई चोट पुर्याउने उद्देश्यका साथ कुनै स्थानमा आक्रमण गर्ने योजना समावेश गर्छ । जब समय कठिन हुन्छ, उपाय पनि कठोर हुनसक्छ’ मिलरले थप भनेका छन् ।
‘आक्रमणको मोडमा सबैभन्दा खतरनाक जनावर घाइते जनावर हो र यहाँ तपाईँसँग एउटा शासन छ... जससँग गुमाउन अब खासै केही छैन,’ उनले जोड दिएका छन् । विश्लेषकका अनुसार इरानको हालको रणनीति र प्रतिक्रिया अत्यन्तै खतरनाक हुन सक्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण