यो निर्वाचन देशलाई बचाउने कि हराउने भन्ने अग्निपरीक्षा हो : खुश्बु ओली
सारांश
- राप्रपा नेतृ खुश्बु ओलीले फागुन २१ को निर्वाचन देशलाई बचाउने कि हराउने भन्ने परीक्षा भएको बताइन्।
- ओलीले गणतन्त्रले देशलाई गरिब बनाएको आरोप लगाउँदै युवाहरूको श्रम बेच्ने उद्योग खोलेको बताइन्।
- उनले चुनावको बेला मात्रै मन्दिर धाउने नेताहरूलाई 'छद्मभेषी रावण' को संज्ञा दिँदै हिन्दू राष्ट्र आवश्यक रहेको बताइन्।
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ खुश्बु ओलीले फागुन २१ को निर्वाचन कुन पार्टीले जित्ने भन्ने सामान्य प्रतिस्पर्धा मात्र नभई 'देशलाई बचाउने कि हराउने' भन्ने अग्निपरीक्षा भएको बताएकी छन् ।
आइतबार कास्कीको पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेतृ ओलीले देशको अस्तित्व र स्वाभिमान जोगाउन यसपटक आम मतदाताले राष्ट्रवादी कित्तामा उभिएर मत परिवर्तन गर्नुपर्ने तर्क गरिन् ।
राप्रपाको समानुपातिक उम्मेदवार समेत रहेकी नेतृ ओलीले वर्तमान व्यवस्था र गणतन्त्रले देशलाई दक्षिण एसियाकै सबैभन्दा गरिब मुलुक बनाएको दाबी गरिन् ।
२०६२/६३ को आन्दोलनपछि देशका करिब एक लाख उद्योग बन्द भएको र गणतन्त्रले युवाहरूको श्रम बेच्ने एउटै मात्र उद्योग खोलेको उनको आरोप छ । गणतन्त्रका नाममा नेता र तिनका आसेपासेले मात्र मोजमस्ती गरेको तर सर्वसाधारणले भने सधैँ दुःख पाएको समेत उनले दाबी गरिन् ।
नेतृ ओलीले चुनावको बेला मात्रै भोट माग्न मन्दिर धाउने र निधारमा चन्दन लगाउने अन्य दलका नेताहरूलाई 'छद्मभेषी रावण' को संज्ञा दिइन् । सीता हरणका बेला रावणले गेरु वस्त्र धारण गरेजस्तै अहिले चुनाव जित्नका लागि मात्रै धर्मनिरपेक्षतावादी नेताहरूले हिन्दुत्वको नाटक गरिरहेको उनको आरोप छ । अहिलेको अवस्थामा देशमा न्याय, निष्ठा र इमान्दारिता कायम गर्न सनातन हिन्दू राष्ट्र अपरिहार्य रहेको उनको दाबी थियो ।
देशको सम्मान र स्वाभिमान जोगाउन राजसंस्थालाई अभिभावकका रूपमा फर्काउनुपर्नेमा उनले जोड दिइन् । हिजो राजसंस्था हुँदा अन्तर्राष्ट्रिय स्तरमा नेपालको राहदानी र अहिलेका राष्ट्रपतिको भन्दा राजाको कूटनीतिक सम्मान उच्च रहेको स्मरण गराउँदै उनले संकट पर्दा जनताले अहिलेका नेतालाई नभई राजालाई नै खोज्ने गरेको दाबी गरिन् । वर्तमान राजनीतिक असफलता र सहकारीपीडित लगायतका समस्या समाधान गर्न पनि सनातनी नेतृत्व नै आवश्यक पर्ने उनको तर्क थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण