निर्वाचन र सार्वजनिक बिदामा काठमाडौँ जिल्ला अदालतमा बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदन सुनुवाइ हुने
सारांश
- प्रतिनिधि सभा निर्वाचनको कारण सार्वजनिक बिदा भए पनि काठमाडौं जिल्ला अदालतले केही सेवा दिने भएको छ।
- अदालतले बन्दीप्रत्यक्षीकरणको निवेदन र पक्राउ पुर्जी जारी गर्ने अनुमति जस्ता अत्यावश्यक काम गर्नेछ।
- फागुन २०, २२ र २४ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत खुल्ला रहनेछ।
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण सरकारले सार्वजनिक बिदा घोषणा गरे पनि काठमाडौँ जिल्ला अदालतले केही विशेष सेवाका लागि आफ्नो ढोका खुल्ला राख्ने भएको छ।
निर्वाचनका लागि फागुन २० देखि २२ गतेसम्म र फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सार्वजनिक बिदा परेको भए पनि न्याय सम्पादनका अत्यावश्यक कार्य प्रभावित नहुन् भनी अदालतले यस्तो व्यवस्था गरेको हो।
न्याय प्रशासन ऐन, २०७३ को दफा २६ (१) बमोजिम बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाइ गर्न र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ अनुसार पक्राउ पुर्जी जारी गर्ने अनुमति प्रदान गर्नका लागि बिदाको समयमा पनि अदालत खुला रहनेछ।
काठमाडौँ जिल्ला अदालतका अनुसार फागुन २१ गते निर्वाचनको दिन र फागुन २३ गते शनिबारबाहेक अन्य बिदाका दिनहरू (फागुन २०, २२ र २४ गते) बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत सञ्चालनमा रहनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण