नेपाली कांग्रेस र नेपाली कांग्रेस (बीपी)बिच एकताको तयारी अन्तिम चरणमा
सारांश
- नेपाली कांग्रेस र कांग्रेस (बीपी) बीच फागुन २१ गतेको निर्वाचन अगाडि एकता गर्ने तयारी भइरहेको छ।
- दुवै पार्टीका नेताहरूबीच एकताका लागि छलफल अन्तिम चरणमा पुगेको छ र प्रक्रिया सुरु भइसकेको छ।
- निर्वाचन आयोगले प्रचार प्रसारका लागि सोमबारसम्म मात्रै समय दिएकाले एकताका लागि अन्तिम प्रयास भइरहेको छ।
काठमाडौँ । नेपाली कांग्रेस र नेपाली कांग्रेस (बीपी) बिच फागुन २१ गतेको निर्वाचन अगाडि नै एकता गर्ने तयारी गरिएको छ ।
कांग्रेसका निर्वाचन समितिका संयोजक सिताराम केसी र कांग्रेस (बीपी)का वरिष्ठ नेता कर्णबहादुर मल्लबिच पार्टी एकताका लागि भइरहेको छलफल अन्तिम चरणमा पुगेको हो ।
एकताका लागि छलफल गरिरहेका नेता मल्लले एकताको प्रक्रिया सुरु भएको जानकारी दिए । ‘हामी एकताको प्रक्रियामा छौँ,’ मल्लले रातोपाटीसँग भने, ‘निर्वाचनअघि नै एकता गर्नेगरी कुराकानी अगाडि बढीरहेको छ ।’
निर्वाचन आयोगले चुनावी प्रचारप्रसारका लागि सोमबारसम्म मात्रै समय दिएकाले निर्वाचन अघि एकता गर्ने भए सोमबारसम्म गरिसक्नुपर्छ । नेता मल्लले अन्तिम प्रयास भइरहेकाले सम्भावना प्रवल रहेको बताए ।
सुशीलमान शेरचन नेतृत्वको कांग्रेस (बीपी)सँग कांग्रेस सभापति गगन थापाको पहलमा एकताको प्रयास भइरहेको हो । कांग्रेसको गत पुस १३ गते बसेको कार्यसम्पादन समिति बैठकले विगतमा विभिन्न कारण पार्टी परित्याग गरेकाहरूलाई घर फर्किन आह्वान गरेको थियो ।
त्यही आह्वानपछि कांग्रेस बीपीका सभापति सुशीलमान शेरचनको टोलीले कांग्रेसमा समाहित हुन चाहेको प्रस्ताव गत पुस १४ गते नै तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासामु देउवा निवास महाराजगन्ज पुगेर राखेको थियो ।
कांग्रेसभित्रको विवादका कारण रोकिएको एकता प्रक्रिया पुनः सुरु गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण