पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न डिपोहरु बिदामा पनि खुला रहने
आइतबार, १७ फागुन २०८२, १७ : २८
सारांश
- नेपाल आयल निगमले फागुन १९ देखि २२ गतेसम्म सार्वजनिक बिदामा पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्ने भएको छ।
- निगमले केही प्रादेशिक कार्यालय, डिपो र शाखा कार्यालयहरू खुला राख्ने निर्णय गरेको छ।
- सेवाग्राहीलाई पेट्रोलियम पदार्थको अभाव हुन नदिन निगमले यस्तो व्यवस्था मिलाएको हो।
काठमाडौँ । आगामी फागुन १९ देखि २२ गतेसम्म प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाल सरकारले घोषणा गरेको सार्वजनिक बिदाको अवधिमा पेट्रोलियम पदार्थको सहज आपूर्ति तथा वितरणका लागि नेपाल आयल निगमले आफ्ना केही प्रादेशिक कार्यालय, डिपो तथा शाखा कार्यालयहरू खुला राख्ने निर्णय गरेको छ ।
आइतबार निगमले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको हो ।
सार्वजनिक बिदाका दिनमा पनि सेवाग्राहीलाई पेट्रोलियम पदार्थको अभाव नहोस् भन्ने उद्देश्यले निगमले विभिन्न क्षेत्रका कार्यालयहरूलाई निश्चित मितिहरूमा सञ्चालन गर्ने व्यवस्था मिलाएको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण