अमेरिकाले डुबायो इरानी युद्धपोत
सारांश
- अमेरिकी सेनाले ओमानको खाडीमा इरानको युद्धपोतलाई डुबाइदिएको दाबी गरेको छ।
- अमेरिकी सेन्ट्रल कमाण्डले इरानी सशस्त्र बललाई हतियार बिसाउन र कार्यक्षेत्र छाड्न चेतावनी दिएको छ।
- राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिलाई उद्धृत गर्दै, सेन्ट्रल कमाण्डले सामाजिक सञ्जालमा सन्देश लेखेको छ।
काठमाडाैँ। अमेरिकी सेनाले आइतबार ओमानको खाडीमा इरानको एउटा युद्धपोतलाई डुबाइदिएको दाबी गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्डले जारी गरेको विज्ञप्ति अनुसार ओमानको खाडीस्थित चाबाहार बन्दरगाहको एउटा पियर (घाट) मा रहेको इरानी ’जमारन–क्लास कोर्भेट’ युद्धपोतलाई अमेरिकी सैन्य आक्रमणमा नष्ट गरिएको रोयटर्सले जनाएको छ ।
इरानमाथि भइरहेको अमेरिकी सैन्य कारबाहीको नेतृत्व गरिरहेको सेन्ट्रल कमाण्डले इरानी सशस्त्र बललाई तत्काल आफ्ना हतियार बिसाउन र आफ्नो कार्यक्षेत्र छाड्न समेत चेतावनी दिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिको सन्दर्भ जोड्दै सेन्ट्रल कमाण्डले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ’राष्ट्रपतिले भन्नुभएझैँ, इरानी सशस्त्र बल, इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स र प्रहरीका सदस्यहरूले अब आफ्ना हतियारहरू बिसाउनुपर्छ। जहाज छोड्नुहोस्।’
अमेरिकाले इरानको सैन्य शक्तिमाथि लक्षित गर्दै आफ्ना आक्रमणहरूलाई निरन्तरता दिइरहेको समेत समाचारमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण