इरानमाथिको आक्रमण थप बढाउने इजरायली प्रधानमन्त्रीको घोषणा
सारांश
- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको तेहरानमा भइरहेको सैन्य आक्रमणलाई अझ तीव्र पार्ने घोषणा गरेका छन्।
- उनले इरानविरुद्धको सैन्य अभियानलाई निरन्तरता दिन निर्देशन दिएका छन् र तेल अभिभमा सेना मुख्यालयबाट सम्बोधन गरेका थिए।
- नेतान्याहुले इजरायलमा मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरे।
तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको राजधानी तेहरानमा भइरहेको सैन्य आक्रमणलाई आगामी दिनमा अझ तीव्र पार्ने घोषणा गरेका छन्। आइतबार रक्षा मन्त्री, सेना प्रमुख र गुप्तचर निकाय मोसादका प्रमुखसँगको बैठकपछि उनले इरानविरुद्धको सैन्य अभियानलाई निरन्तरता दिन निर्देशन समेत दिए ।
तेल अभिभस्थित सैन्य मुख्यालयको छतबाट बोल्दै नेतान्याहुले भने, ‘हाम्रा सेनाले अहिले तेहरानको मुटुमा प्रहार गरिरहेका छन् र आगामी दिनमा यो आक्रमणको शक्ति अझ बढ्नेछ।
उनले इजरायलले पछिल्ला दिनमा भोग्नुपरेको मानवीय क्षतिप्रति दुःख व्यक्त गरे। उनले तेल अभिभ र बेत शेमेशमा आफ्ना नागरिक मारिएको उल्लेख गर्दै ती दिनहरू पीडादायी रहेको बताए। उनले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरे।
इजरायलको अस्तित्व र भविष्य सुनिश्चित गर्नका लागि इजरायली सेनाको सम्पूर्ण शक्ति परिचालन गरिएको दाबी उनले गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई सडकमार्गबाट काठमाडौँ ल्याइँदै
-
विष्णु पौडेलको पक्राउविरुद्ध एमालेले राजनीतिक प्रतिवाद गर्ने
-
१० बजे १० समाचार : एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, गृहमन्त्री गुरुङविरुद्ध आयोगमा उजुरी
-
सत्तापक्षकै आक्रोशः बजेट मन्त्रीमुखी भयो
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण