मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तत्कालीन माओवादी केन्द्रका नेता र रास्वपा बागमती  प्रदेश सदस्य सहितको टोली एमालेमा प्रवेश

आइतबार, १७ फागुन २०८२, २२ : १४
आइतबार, १७ फागुन २०८२

सारांश

  • नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य रवि गौतमसहित विभिन्न नेताहरू एमालेमा प्रवेश गरे।
  • एमालेमा नेकपा र रास्वपाका नेताहरूलाई उपाध्यक्ष रामबहादुर थापा बादलले स्वागत गरे।
  • एमालेमा नेकपाबाट १० र रास्वपाबाट १ जना नेता प्रवेश गरेका छन्।

काठमाडौँ । तत्कालीन नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य रवि गौतमसहितका नेता एमालेमा प्रवेश गरेका छन् । आइतबार गौतमसहित नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश तथा जिल्लास्तरीय नेताहरू एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरूलाई एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उपाध्यक्ष रामबहादुर थापा बादलसहितले स्वागत गरे। एमालेका युवा नेता तथा बागमती प्रदेश कमिटीका निवर्तमान सदस्य नारायणप्रसाद सापकोटासहितले उनीहरूलाई एमालेमा भित्र्याएका हुन् ।

यसरी एमालेमा प्रवेश गर्नेहरूमा नेकपाबाट १० जना र रास्वपाबाट १ जना रहेका छन् । एमालेमा प्रवेश गर्नेमा नेकपाका दुई जना बागमती प्रदेश कमिटी सदस्य र चार जना काठमाडौँ जिल्ला कमिटी सदस्य छन् ।

उता तीन जना टोखा नगर कमिटी सदस्य पनि एमालेमा प्रवेश गरेका छन् । दुई जना उपत्यका बाहिर भएकोले उपस्थिति हुन नसके पनि पार्टीको निर्णय अनुसार अघि बढ्ने बताए । एमालेको यात्रा थाल्नेमा एक जना राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश कमिटी सदस्य पनि छन् । रास्वपा बागमती प्रदेश कमिटी सदस्य राजेन्द्र रेग्मीलाई पनि बादलले एमालेमा स्वागत गरे । 

को–को प्रवेश गरे ?

१.रवि गौतम ‘प्रभात’, माओवादी पूर्व केन्द्रीय सदस्य


२.रामकुमार थापा, बागमती प्रदेश कमिटी सदस्य एवं तारकेश्वर नगरको इन्चार्ज


३. भूषण महर्जन, बागमती प्रदेश कमिटी सदस्य


४. प्रकाश भण्डारी, काठमाडौँ जिल्ला कमिटी सदस्य


५. श्याम भण्डारी, काठमाडौँ जिल्ला कमिटी सदस्य


६. संगम वैद्य, टोखा नगर कमिटी सदस्य


७. राजु लामा, टोखा नगर कमिटी सदस्य


८. प्रकाश लामा,नगर सदस्य टोखा (हाल वडा सचिव)


९. राजेन्द्र रेग्मी, राष्ट्रिय स्वतन्त्र पार्टी, बागमती प्रदेश सदस्य

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप