संयुक्त राष्ट्र संघलाई इरानको पत्र, कडा कदम चाल्न आग्रह
सारांश
- इरानका विदेशमन्त्रीले खामेनीको हत्याको विरोध गर्दै राष्ट्र संघलाई पत्र पठाएका छन्।
- इरानले अमेरिका र इजरायललाई खामेनीको हत्याको लागि जवाफदेही बनाउन माग गरेको छ।
- इरानले यस घटनालाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन र आतंकवादी कार्यको रूपमा लिएको छ।
तेहरान । इरानका विदेशमन्त्री अब्बास अराघचीले सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्याप्रति कडा आपत्ति जनाउँदै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस र सुरक्षा परिषद्लाई पत्र पठाएका छन्। अमेरिका र इजरायलले गरेको सैन्य आक्रमणमा खामेनी मारिएपछि इरानले यसलाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन र कायरतापूर्ण आतंकवादी कार्यको रूपमा परिभाषित गरेको हो।
राष्ट्र संघलाई सम्बोधन गरिएको पत्रमा विदेशमन्त्री अराघचीले यो घटना एक खतरनाक र अभूतपूर्व उत्तेजना भएको उल्लेख गरेका छन्। उनले यस प्रकारको कार्यले सभ्य राष्ट्रहरूबिचको आचरण र राज्यको मौलिक मान्यताहरूमाथि प्रहार गरेको दाबी गरेका छन्।
अराघचीले भनेका छन्, ‘यस्तो व्यवहारले स्थापित अन्तर्राष्ट्रिय सिद्धान्तहरूलाई मात्र तोड्दैन, यसले सार्वभौम समानता र विश्वव्यापी प्रणालीको स्थिरतालाई समाप्त पार्दै पान्डोराज बक्स खोलिदिएको छ।’
इरानले संयुक्त राष्ट्र संघको बडापत्रले सुम्पेको जिम्मेवारी वहन गर्दै विश्व शान्ति र सुरक्षा कायम राख्न महासचिव र सुरक्षा परिषद्लाई आग्रह गरेको छ। पत्रमार्फत इरानले यो जघन्य आतंकवादी कार्यका लागि अमेरिका र इजरायली शासनलाई पूर्ण रूपमा जवाफदेही बनाउन तत्काल, ठोस र प्रभावकारी कदम चाल्न माग गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण