अबुधाबीको इन्धन ट्याङ्क टर्मिनलमा ड्रोन प्रहार
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबुधाबीस्थित एक इन्धन ट्याङ्क टर्मिनलमा ड्रोन आक्रमण भएको छ । मुसाफाह इन्धन ट्याङ्क टर्मिनललाई लक्षित गरी भएको सो ड्रोन प्रहारका कारण आगलागी भए पनि स्थिति तत्काल नियन्त्रणमा लिइएको अधिकारीहरूले जनाएका छन् ।
अबुधाबी मिडिया अफिसले जारी गरेको आधिकारिक विज्ञप्ति अनुसार, सुरक्षा निकायहरूले ड्रोन आक्रमणबाट उत्पन्न आगलागीलाई तुरुन्तै सम्बोधन गरी नियन्त्रणमा लिएको थियो । विज्ञप्तिमा भनिएको छ, ‘अबुधाबीका अधिकारीहरूले आज मुसाफाह इन्धन ट्याङ्क टर्मिनललाई ड्रोनले निशाना बनाएपछि उत्पन्न भएको आगलागीलाई सफलतापूर्वक नियन्त्रणमा लिइएको छन्।’
यस घटनामा कुनै पनि मानवीय क्षति वा चोटपटक नभएको अधिकारीहरूले स्पष्ट पारेका छन् । साथै, आक्रमणका कारण इन्धन टर्मिनलको नियमित सञ्चालन र कार्यसम्पादनमा कुनै असर नपरेको र स्थिति सामान्य रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण