नयाँ बानेश्वरमा टिपरको ठक्करबाट सरकारी कर्मचारीको मृत्यु
मङ्गलबार, १९ फागुन २०८२, १० : ५०
काठमाडौँ । काठमाडौँका नयाँ बानेश्वरमा टिप्परको ठक्करबाट सरकारी कर्मचारीको मृत्यु भएको छ । मंगलबार बिहान बिजुलीबजारबाट तिनकुनेतर्फ गइरहेको बा.२ क ३२२९ नम्बरको टिपरले ठक्कर दिँदा स्कुटरमा सवार बद्री कोइरालाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
भक्तपुरका लोकन्थली बस्दै आएका ४८ वर्षीय कोइराला सुनसरीको इनरुवा नगरपालिका–५ का स्थानीय हुन् । उनी भक्तपुरस्थित क्षयरोग केन्द्रका नासु हुन् । टिपरले कोइरालाले चलाएको प्रदेश–३–००१ ब.९४५ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।
टिपर चालक गोरखाको भुम्लिचोक घर भएका २६ वर्षीय विकाश थापामगरलाई प्रहरीले पक्राउ गरेको छ । टिपर फोहोर संकलनमा प्रयोग हुने गरेको एसपी भट्टराईले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण