इन्सास राइफलसहित भक्तपुरबाट एक जना पक्राउ
मङ्गलबार, १९ फागुन २०८२, ११ : ४१
काठमाडौं । भक्तपुरबाट इन्सास राइफल र विभिन्न हातहतियारसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
मंगलबार बिहान करिब ९ बजे सूर्यविनायक नगरपालिका–८ भुम्डोलबाट ३१ वर्षीय आयन सेढाईलाई प्रहरीले नियन्त्रणमा लएको हो। उनी गोरखाको पालुङटार नगरपालिका–९ स्थायी घर भई हाल भक्तपुरमा बस्दै आएका थिए ।
सेढाईको साथबाट इन्सास राइफलका साथै एसएलआर राइफलका गोली ४ राउण्ड, प्लास्टिक राउण्ड १ थान, सटगनमा लाग्ने राउण्ड १ थान, खुकुरी १ थान, खुकुरीको दाप २ थान, बन्चरो १ थान तथा लागूऔषध प्रयोगमा आउने सिरिन्ज ५ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए ।
इन्सार हतियार जेनजी आन्दोलनका क्रममा लुटिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खमेनी परिवारबारे ट्रम्पको नयाँ दाबी
-
चुमनुब्री गाउँपालिकाको राजस्व दुई करोड
-
नयाँ प्रणालीबाट विद्युतीय राहदानी जारी गर्दा लागतमा उल्लेख्य गिरावट
-
सिमखोलाले बगाएको स्कुटर भेटियो, चालक अझै बेपत्ता
-
नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने
-
सांसदले असहमति जनाएपछि लेखा समितिमा रोकियो राहदानी प्रकरणको छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण