बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सीमा नाका सिल

मङ्गलबार, १९ फागुन २०८२, १२ : ५१
मङ्गलबार, १९ फागुन २०८२

सारांश

  • प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि सुदूरपश्चिमका नेपाल-भारत सीमा नाका सिल गरिएको छ।
  • सोमबार मध्यरातदेखि मतदान सम्पन्न नभएसम्मका लागि नाकाहरू सिल गरिएको हो।
  • अत्यावश्यक सेवाबाहेक आवागमनमा रोक लगाइएको छ, सुरक्षाका लागि जाँच र निगरानी बढाइएको छ।

धनगढी । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सीमा नाका सिल गरिएको छ। सुदूरपश्चिममा रहेका नेपाल–भारत सीमा नाका पनि सिल गरिएको हो।

सोमबार मध्यरातदेखि मतदान सम्पन्न नभएसम्मका लागि सीमा नाकाहरू सिल गरिएको हो। नाका सिल भएसँगै नेपाल सरकार र फिल्डको हकमा स्थानीय प्रशासनसँग पूर्वस्वीकृति लिएर हुने अत्यावश्यक सेवासँग जोडिएका आवागमन तथा अन्तर्देशीय आयात–निर्यातजन्य ढुवानीबाहेकलाई आवागमनमा रोक लगाइएको छ।

आवागमन रोक लगाइएसँगै सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बल (एपीएफ)ले सीमा क्षेत्रमा जाँच तथा निगरानीमा कडाइ गरेको छ।

भारतसँग सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला जोडिन्छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप