निर्वाचनलाई लक्ष्य गरी बाँकेको सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता
बाँके । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गरी बाँकेको सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त बनाइएको छ ।
निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन बाँकेको नेपाल–भारत सीमामा उच्च सतर्कता अपनाउनुका साथै सुरक्षा व्यवस्था कडा पारिएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए ।
उनका अनुसार नेपाल–भारत मुख्य नाका जमुनाहलगायत अन्य सहायक नाकाबाट समेत आवतजावतमा रोक लगाइएको छ । सीमानाकामा नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीले संयुक्त सुरक्षा गस्तीदेखि लिएर जाँचमा पनि कडाइ गरिरहेका छन् ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै फागनु १८ गते राति १२ः०० बजेदेखि फागुन २१ गते राति १२ः०० बजेसम्म नेपाल–भारत जमुनाहानाका पूर्ण रूपमा बन्द रहेको छ । यसैगरी क्षेत्र नं १ को नरैनापुर, क्षेत्र नं २ को डुडुवा, क्षेत्र नं ३ को जानकी र खजुरा गाउँपालिकास्थित सीमावर्ती क्षेत्रमा पनि सुरक्षा जाँचमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए ।
तीन निर्वाचन क्षेत्र रहेका बाँकेमा १३९ मतदानस्थल र ४०३ मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार बाँकेमा तीन लाख ५० हजार ३७१ मतदाता छन् । जसमध्ये एक लाख ७२ हजार २२३ महिला, एक लाख ७८ हजार ३३९ पुरुष र नौ जना अन्य मतदाता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
-
कोटेश्वरबाट १० जना बिचौलिया पक्राउ
-
११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
-
साडी पसलेले जुराइदिएको राजा महेन्द्रको फ्रान्सका राष्ट्रपतिसँगको त्यो भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण