मध्यपूर्वमा तनाव चर्किएपछि अमेरिकी सैन्य अड्डामा सुरक्षा कडाइ
सारांश
- मध्यपूर्वको द्वन्द्व बढ्दै जाँदा अमेरिकाले देशभरका सैन्य अड्डाहरूमा सुरक्षा सतर्कता बढाएको छ।
- असनर्थकमले सैन्य प्रतिष्ठानहरूलाई थप सुरक्षा उपायहरू लागू गर्न निर्देशन दिएको छ, सैनिक र पूर्वाधारको सुरक्षाका लागि।
- इरानमाथि आक्रमण सुरु भएपछि कम्तीमा चार अमेरिकी सैनिकको मृत्यु भएको छ, जसले सुरक्षा सतर्कता बढाएको छ।
वासिङ्टन डीसी । मध्यपूर्वमा जारी द्वन्द्व चर्किँदै जाँदा अमेरिकाले देशभरका आफ्ना सैन्य अड्डाहरूमा सुरक्षा सतर्कता बढाउन आदेश दिएको छ । उत्तर अमेरिकाको सुरक्षा हेर्ने संयुक्त राज्य अमेरिका उत्तरी कमान्ड (असनर्थकम) ले सैन्य प्रतिष्ठानहरूलाई थप ११ वटा फोर्स प्रोटेक्सन उपाय लागू गर्न निर्देशन दिएको जनाएको छ ।
कमान्डले विश्व परिस्थितिलाई ध्यानमा राख्दै सतर्कता बढाउने र सैनिक तथा पूर्वाधारको सुरक्षा सुदृढ गर्ने उद्देश्यले यो कदम चालिएको बताएको छ । सीएनएनलाई दिएको वक्तव्यमा असनर्थकमले यी उपायहरूले सबै सैन्य अड्डामा न्यूनतम सुरक्षा स्तर सुनिश्चित गर्ने जनाएको छ ।
यद्यपि, स्थानीय कमान्डरहरूले आवश्यक ठानेमा अझ कडा सुरक्षा व्यवस्था लागू गर्न सक्ने पनि स्पष्ट पारिएको छ । यसैबिच,अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि सप्ताहन्तयता कम्तीमा चार अमेरिकी सैनिकको मृत्यु भइसकेको जनाइएको छ ।
द्वन्द्व लम्बिँदै जाँदा अमेरिकी भूमिभित्र पनि सुरक्षा सतर्कता उच्च पारिएको सङ्केत सो कदमले दिएको विश्लेषण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई सडकमार्गबाट काठमाडौँ ल्याइँदै
-
विष्णु पौडेलको पक्राउविरुद्ध एमालेले राजनीतिक प्रतिवाद गर्ने
-
१० बजे १० समाचार : एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, गृहमन्त्री गुरुङविरुद्ध आयोगमा उजुरी
-
सत्तापक्षकै आक्रोशः बजेट मन्त्रीमुखी भयो
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण