सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् सुदूरपश्चिमका मतदान स्थलमा बुथ निर्माणको काम

बुधबार, २० फागुन २०८२, १४ : ५८
बुधबार, २० फागुन २०८२

कैलाली । सुदूरपश्चिममा विभिन्न मतदान स्थलमा बुथ निर्माणको काम भइरहेको छ । केहि मतदान स्थलमा बुथ निर्माणको काम सकिएको छ भने केहि ठाउँमा निर्माणको काम भइरहेको छ। कर्मचारीहरू आ आफ्नो मतदान स्थलमा पुगेर भोलि हुने मतदान कार्यका लागि सबै तयारी गरिरहेका छन्।

कैलालीको क्षेत्र नम्बर पाँचको त्रिनगर माध्यमिक विद्यालयको मतदान स्थलमा ख मतदान केन्द्रको मतदान अधिकृत  बुध निर्माण काम भइरहेको त्यहाँका मतदान अधिकृत दानबहादुर सुनारले  जानकारी दिए ।

उनका अनुसार त्रिनगर माध्यमिक मतदान स्थलमा ८ वटा मतदान केन्द्र रहेका छन्। मंगलवार सर्वदलीय बैठक गरेर मतदान कार्यलाई कसरी शान्तरुपमा सम्पन्न गर्ने भन्ने केहि निर्णय गरिएको पनि उनले जानकारी दिए । उक्त मतदान स्थलमा हिजोदेखि बुथ निर्माणको काम भइरहेको छ । 

मतदान केन्द्रमा भौतिक सामाग्रीहरू जस्तै बेन्च लगाउने, वास लगाउने र डोरी बाँध्ने काम भइरहेको छ। अव बाँकी काम भनेको महिला र पुरुष बुथमा स्किर लगाउने काम मात्रै बाँकी रहेको छ। मत पेटिका राख्ने र काम सुचारु गर्ने करिब १० प्रतिशत मात्रै काम बाँकी छ। बुथ निर्माण गर्दा अशक्त, अपाङ्गता भएका, जेष्ठ नागरिक, गर्भवती महिलाका लागि पनि विशेष बुथ निर्माण गरिएको छ।

यस्तै आज नै मतदान प्रतिनिधिलाई परिचय पत्र वितरण गरिने सोही अनुसार भोलि कर्मचारीहरू हरेक बुथमा खटिने छन्। त्यसैगरि स्वयंसेवक परिचालन गर्ने र भोली बिहान सात बजेदेखि मतदान कार्य सुरु गरिने मतदान अधिकृत दानबहादुर सुनारले जानकारी दिए। सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा लगभग सोही अनुसार तयारी पुरा भएको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारी दिए।

उनका अनुसार प्रदेशभरिका १ हजार १ सय ७६ मतदान स्थल र २ हजार १ सय ९९ मतदान केन्द्रमा बुथ निर्माण काम लगभग पुरा भइसकेको छ।

ती मध्ये कैलालीमा प्रतिनिधि सभाका पाँच वटा निर्वाचन क्षेत्र रहेका छन्। यी निर्वाचन क्षेत्रमा २ सय ३७ मतदान स्थल रहेका छन् भने  ६ सय ४५ मतदान केन्द्र रहेका छन्। जिल्लामा पाँच लाख ५१ हजार भन्दा बढी मतदाता रहेका छन्। 

यहाँ १६ वटा निर्वाचन क्षेत्र मध्ये पाँच वटा सबै भन्दा बढी निर्वाचन क्षेत्र रहेका छन्।  प्रदेश भर भने १७ लाख १६ हजार ६ सय ६० मतदाता रहेका छन्। अघिल्लो निर्वाचन भन्दा यस पटकको निर्वाचन प्रदेशभर ४६ हजार मतदाताहरू नयाँ थपिएका थिए।

nirbachan tayari (11)nirbachan tayari (12)nirbachan tayari (13)

nirbachan tayari (1)nirbachan tayari (2)nirbachan tayari (3)nirbachan tayari (4)nirbachan tayari (5)nirbachan tayari (6)nirbachan tayari (7)nirbachan tayari (8)nirbachan tayari (9)nirbachan tayari (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप