मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

निजामती कर्मचारी अस्पतालद्वारा आपत्कालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति गठन

बिहीबार, २१ फागुन २०८२, ०४ : ००
बिहीबार, २१ फागुन २०८२

सारांश

  • निजामती कर्मचारी अस्पतालले निर्वाचनलाई लक्षित गरी आपत्कालीन स्वास्थ्य उपचार समिति बनायो।
  • डा. दीपक पौडेलको नेतृत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ, जसमा विभिन्न विभागका प्रतिनिधि छन् ।
  • निर्वाचनमा स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई निर्देशन दिएको छ।

काठमाडौँ । निजामती कर्मचारी अस्पतालले आज (बिहीबार) हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गरी स्वास्थ्य सेवा प्रवाहका लागि १३ सदस्यीय आपत्कालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति गठन गरेको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा मोहनचन्द्र रेग्मीका अनुसार अस्पतालका मेडिकल डिभिजन प्रमुख डा दीपक पौडेलको नेतृत्वमा समिति गठन गरिएको हो ।

समितिमा सिनियर रजिष्ट्रार प्राडा जितेन्द्र परियार, रजिष्ट्रार डा अरुण सिग्देल, रजिष्ट्रार डा जेनर कुरुम्वाङ, रजिष्ट्रार डा समीर न्यौपाने सदस्य रहेका छन् ।

यसैगरी, निमित्त नर्सिङ प्रमुख सविका मुनिकार, प्रशासकीय अधिकृत रञ्जना नेपाल, फार्मेसी अधिकृत दीपा ढुङ्गाना, रेडियोग्राफी टेक्नोलोजिष्ट प्रविन धौराली, वरिष्ठ ल्याब टेक्निसियन अमेन्द्र अधिकारी र सवारी इन्चार्ज रामहरि श्रेष्ठ सदस्य छन् ।

समितिको सदस्य सचिवको जिम्मेवारी भने रजिष्ट्रार डा रमेश पन्तलाई दिइएको छ ।

कार्यकारी निर्देशक डा रेग्मीले निर्वाचनमा सम्भावित घटनाको उपचार व्यवस्थापन गर्नका लागि समिति गठन गरेको जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई निर्वाचनमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि द्रुत प्रतिकार्य टोली’ गठन गर्ने निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप