बागलुङका २३० वटै मतदान केन्द्रमा मतदान सुरु
सारांश
- बागलुङका दुई निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको छ।
- जिल्लामा कुल १ लाख ९३ हजार ३८१ मतदाता रहेका छन्, जसमा ९४ हजार ८०६ पुरुष र ९८ हजार ५७४ महिला छन्।
- निर्वाचनका लागि कर्मचारी, प्रहरी र निर्वाचन प्रहरीसहित ४ हजार जनशक्ति परिचालन गरिएको छ।
बागलुङ । बागलुङका दुई वटै निर्वाचन क्षेत्रमा मतदान सुरु भएको छ । बिहीबार बिहान ७ बजेदेखि जिल्लाका सबै मतदान स्थलहरूमा मतदान सुरु भइसकेको मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले जानकारी दिइन् ।
बागलुङ जिल्लाभर कुल एक लाख ९३ हजार ३८१ जना मतदाता कायम भएका छन् जस मध्ये ९४ हजार ८०६ पुरुष र ९८ हजार ५७४ महिला मतदाता रहेका छन् । निर्वाचनका लागि कर्मचारी, प्रहरी र निर्वाचन प्रहरी गरी चार हजार जनशक्ति परिचालन गरेको छ ।
जिल्लामा १०७ मतदान स्थल र २३० मतदान केन्द्र कायम गरिएको छ । सुरक्षा संवेदनशीलता, मतदाताको सङ्ख्या घटबढ, तथा पायक पर्ने स्थान लगायतका कारण एक मतदान स्थल थप गरेको र एक मतदान केन्द्र घटाएर १०७ मतदान स्थल र २३० मतदान केन्द्र कायम गरिएको छ ।
दुई मतदानस्थललाई स्थानान्तरण समेत गरिएको छ । जिल्ला कारागार र जिल्ला समन्वय समितिको कार्यालयमा अस्थायी मतदान केन्द्र कायम गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण