बहुमत पार्टीका मोरङ इन्चार्ज र सचिव पक्राउ
बिहीबार, २१ फागुन २०८२, ०९ : ५९
सारांश
- प्रतिनिधिसभा निर्वाचन बहिस्कार गर्ने नेकपा बहुमत पार्टीका नेताहरू मोरङमा पक्राउ परे।
- प्रहरीले निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो।
- पक्राउ परेका नेताहरूबाट मोटरसाइकल, मोबाइल र पार्टीको झण्डा बरामद गरियो।
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन बहिस्कार गर्ने नेकपा बहुमत पार्टीका मोरङ जिल्ला इन्चार्ज कृष्ण प्रसाद चम्लागाई र जिल्ला सचिव सुमन पौडेल पक्राउ परेका छन् ।उनीहरूलाई बुधबार साँझ इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको पाइएपछि मोरङको कानेपोखरी गाँउपालिका–६ बुद्ध चौकबाट पक्राउ गरेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिएका छन् ।
चौधरीले जारी गरेको विज्ञप्तिमा को ६ प ५११६ नम्बरको मोटरसाईकल, विभिन्न कम्पनीका ५ थान मोवाइल, बहुमत पार्टीको झण्डालगायतका सामग्री पनि बरामद गरिएको जानकारी विज्ञप्तिमा उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
भरतपुरको लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
-
रवि लामिछानेले दर्ता गराए उम्मेदवारी, प्रधानमन्त्री प्रस्तावक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण