सर्लाही–४ को गोडैतास्थित श्रीवेणीभोला नमुना माध्यमिक विद्यालय मतदान केन्द्रमा अहिलेसम्म २५ प्रतिशत मतदान
बिहीबार, २१ फागुन २०८२, ११ : १६
जनकपुरधाम । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नं ४ को गोडैता नगरपालिका स्थित श्रीवेणी भोला नमुना माध्यमिक विद्यालय मतदान केन्द्रमा अहिलेसम्म २५ प्रतिशत मतदाताले मतदान गरेका छन् ।
सो मतदान केन्द्रको ‘क’ र ‘ख’ गरी जम्मा एक हजार २८० मतदाता छन् । ‘क’ मा हालसम्म १८४ मत खसेको छ भने ‘ख’ मा १८३ मत खसेको छ ।
सहायक मतदान अधिकृत रोहित यादवका अनुसार ‘क’ मतकेन्द्रमा खसेको मतमध्ये ९९ जना महिला र ८५ जना पुरुष मतदाता छन् भने ‘ख’ तर्फ ८३ जना महिला र १०० जना पुरुष मतदाताले मतदान गरिसकेका छन् ।
मतदान केन्द्रमा मतदाताको उपस्थिति निरन्तर रहेको र मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा अगाडि बढिरहेको यादवले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण