भक्तपुरका दुबै क्षेत्रमा शान्तिपूर्ण मतदान
बिहीबार, २१ फागुन २०८२, ११ : ५५
सारांश
- भक्तपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ।
- निर्वाचन क्षेत्र नं १ मा ३७ मतदानस्थल र ११९ मतदान केन्द्र छन् भने क्षेत्र नं २ मा ३९ मतदानस्थल र ११४ मतदान केन्द्र छन्।
- क्षेत्र नं १ मा २५ र क्षेत्र नं २ मा ३२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भक्तपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
भक्तपुरका दुवै निर्वाचन क्षेत्रका बिभिन्न मतदान स्थलमा तोकिएको समय अनुसार बिहान ७ बजेदेखि नै मतदान जारी छ । भक्तपुर क्षेत्र नं १ मा ३७ मतदानस्थल र ११९ मतदान केन्द्र कायम छन् भने ५२ हजार ६६ पुरुष र ५४ हजार ९८८ महिला मतदाता कायम छन् ।
त्यसैगरी, क्षेत्र नं २ मा ३९ मतदानस्थलमा ११४ वटा मतदान केन्द्र कायम गरिएको छ । यस क्षेत्रमा ४८ हजार ७४ जना पुरुष मतदाता र ५० हजार २७७ महिला मतदाता छन् ।
क्षेत्र नं १ मा जिभिन्न राजनीतिक दलबाट १६ र स्वतन्त्रबाट नौ गरी २५ जना उम्मेदवार चुनावी मैदानमा छन् भने क्षेत्र नं २ मा विभिन्न राजनीतिक दलबाट १७, स्वतन्त्र १५ गरी कूल ३२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुनशानको पिरामिड आकारको अनौठो अपार्टमेन्ट भवन
-
देवनगरमा ५० हेक्टरको 'टाइगर सेन्चुरी' बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी
-
विश्वकपमा यमालको जादु
-
सुदूरपश्चिमको कानुन मन्त्रालयको बजेटमा खेलमैदान र विद्यालय भवन
-
‘क्रिस्टियानो रोनाल्डोलाई नै बल पास गर्नुपर्ने कुनै दबाब छैन’
-
राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण