सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विवाद समाधान हुन नसक्दा प्रेमनगर माविमा पुनः मतदान हुन सकेन

बिहीबार, २१ फागुन २०८२, १२ : २७
बिहीबार, २१ फागुन २०८२

सारांश

  • बर्दिबास नगरपालिकाको मतदान केन्द्रमा दोहोरो विवाद भएपछि मतदान स्थगित भएको छ।
  • विवाद समाधानका लागि छलफल भइरहेको छ, तर मतदान अझै सुरु हुन सकेको छैन।
  • महोत्तरीमा हालसम्म करिब २५ प्रतिशत मतदान सम्पन्न भएको छ।

जनकपुरधाम । बर्दिबास नगरपालिका– वडा नम्बर ७ स्थित राष्ट्रिय माध्यमिक विद्यालय प्रेमनगर मतदान केन्द्रमा दोहोरो विवादपछि स्थगित भएको मतदान कार्य अहिलेसम्म सुचारु भएको छैन। विवाद समाधान गरी मतदान पुनः सञ्चालन गराउने प्रयास भइरहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

मतदान टोलीबिच केही विषयमा असहमति देखिएपछि समस्या समाधानका लागि छलफल भइरहेको उनले जानकारी दिए। सहमतिका आधारमा मतदान प्रक्रिया अघि बढाउने प्रयास जारी रहेको बताइएको छ। हालसम्म उक्त मतदान केन्द्रमा मतदान सुरु हुन सकेको छैन।

सोही मतदान केन्द्रमा वडाध्यक्ष भोरिल यादव सामान्य घाइते भएको स्थानीयले  बताएका छन् 

यसैबिच महोत्तरी जिल्ला मा हालसम्म करिब २५ प्रतिशत मतदान सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ। शान्तिपूर्ण तथा व्यवस्थित रूपमा मतदान सम्पन्न गराउन सुरक्षा व्यवस्था कडा पारिएको अधिकारीहरूले बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप