रौतहटमा अर्काको नाममा भोट हाल्न खोज्ने किशोर पक्राउ
बिहीबार, २१ फागुन २०८२, १४ : ०३
सारांश
- रौतहटमा अर्काको नाममा भोट हाल्न खोज्ने एक जना पक्राउ परेका छन्।
- राजपुर नगरपालिका-९ बौरियाका १८ वर्षीय अरजे हयातलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
- अनाथालय मतदान स्थलमा महमद आसिकको नाममा भोट हाल्न खोज्दा उनी पक्राउ परेका हुन्।
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्काको नाममा भोट हाल्न खोजेको आरोपमा प्रहरीले एक जनालाई रौतहटबाट पक्राउ गरेको छ । बिहीबार राजपुर नगरपालिका–९ बौरिया बस्ने १८ वर्षीय अरजे हयातलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
अनाथालय मतदान स्थलमा उनले महमद आसिकको नाममा भोट हाल्न भनेर लाइन बसेका थिए । इन्स्पेक्टर देवी राम भण्डारी नेतृत्वको टिमले उनलाई पक्राउ गरेको हो । त्यस्तै, अर्काको नाममा भोट हाल्न लाइन बसेको अवस्थामा भेटिएका नुजमा बेगम अचेत भएपछि प्रहरीले उनलाई आफन्तको जिम्मा लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण