यो निर्वाचनबाट ठुलो आशा गर्ने ठाउँ छैन : रक्षा बम
सारांश
- जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राजनीतिक दलहरूको नियतमाथि प्रश्न उठाएकी छिन्।
- उनले राजनीतिक दलहरूले जेनजी पुस्ताको नामलाई सत्ताको लागि प्रयोग गरेको आरोप लगाएकी छिन्।
- रक्षाका अनुसार निर्वाचनअघि सम्झौता र मागहरूलाई बेवास्ता गर्दा युवा पुस्तामा वितृष्णा बढेको छ।
काठमाडौँ । जेनजी आन्दोलनकी अगुवा रक्षा बमले वर्तमान राजनीतिक दलहरूको नियतमाथि गम्भीर प्रश्न उठाएकी छिन्। गत वर्षको आन्दोलनपछि सरकार र जेनजी युवाहरूबिच भएको सम्झौतालाई कुनै पनि राजनीतिक दलले आफ्नो चुनावी घोषणापत्रमा नसमेटेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेकी हुन्।
मतदानको पूर्वसन्ध्यामा बीबीसीसँग कुरा गर्दै उनले राजनीतिक दलहरूले जेनजी पुस्ताको नामलाई केवल सत्तामा पुग्ने भर्याङ मात्र बनाएको आरोप लगाएकी छिन्। ‘आन्दोलनको एक हिस्सा हुनुको नाताले मलाई यो सुरुवात राम्रो लागिरहेको छैन,’ रक्षाले भनिन्।
दलहरूले युवाहरूको मुद्दा सम्बोधन गर्नुको सट्टा जेनजी मुभमेन्ट शब्दलाई चुनावी बजारमा बेच्न मात्र खोजेको उनको ठम्याइ छ। उनले थपिन्, ‘हामीले खोजेको बृहत् प्रणालीगत परिवर्तन थियो, तर उनीहरूलाई केवल सरकार परिवर्तनमा मात्र चासो देखियो।’
रक्षाका अनुसार निर्वाचनअघि सम्पन्न हुनुपर्ने धेरै महत्त्वपूर्ण कामहरू अलपत्र छाडिएका छन्। आन्दोलनका क्रममा उठाइएका मागहरू र भएका सम्झौताहरूलाई कसैले पनि गम्भीरतापूर्वक सम्बोधन नगरेकाले यो निर्वाचनबाट ठुलो आशा गर्ने ठाउँ नरहेको उनले स्पष्ट पारिन्। नेतृत्वले युवा पुस्ताको भावनालाई बेवास्ता गर्दा नयाँ पुस्तामा चुनावी प्रक्रियाप्रति नै वितृष्णा पैदा भएको उनको विश्लेषण छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
सङ्खुवासभामा पहिरोका कारण तीन परिवार विस्थापित
-
केप भर्डेको पुनरागमन: हेलियो वरेलाको गोलसँगै उरुग्वेविरुद्ध स्कोर २–२
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
उरुग्वेको सनसनीपूर्ण पुनरागमन: केप भर्डेविरुद्ध पहिलो हाफमा २–१ को अग्रता
-
विश्वकपमा केप भर्डेको ऐतिहासिक पहिलो गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण